बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ट्याङ्कर चालक र हेल्परको तलब वृद्धिको माग

शनिबार, ३० भदौ २०७५, २० : १९
शनिबार, ३० भदौ २०७५

काठमाडौँ । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले चालक र हेल्परको तलब वृद्धि नगरेको भन्दै आइतबार सबै ट्याङ्करको साँचो नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घलाई बुझाउने भएको छ । 

नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घका अध्यक्ष ईश्वर लामाले आज एक विज्ञप्ति जारी गरी भदौ ३ गते श्रमिकका सेवा सुविधाका बारेमा १८ बुँदे मागपत्र राखेर नेपाल आयल निगम र ढुवानी व्यवसायी महासङ्घलाई ज्ञापनपत्र बुझाउँदा पनि माग पूरा गर्न आलटाल गरेकाले साँचो बुझाउन लागिएको बताए । 

‘नेपाल आयल निगम र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले हाम्रा मागप्रति पटकपटक बैठक बस्दासमेत सुनुवाइ गरेन, त्यसैले भोलिदेखि साँचो बुझाएर काम नगर्ने निर्णय गरेका छौँ’, अध्यक्ष लामाले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप