बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘विदेशबाट बलात्कारमा परेर बच्चा बोकेर फर्किनुपर्ने अवस्था छ’: पूर्वमन्त्री तामाङ

शनिबार, ३० भदौ २०७५, २० : ०१
शनिबार, ३० भदौ २०७५

काठमाडौं । पूर्व कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले लाखौँ नेपालीहरु विदेशी भूमिमा शोषण, हिंसा र बलात्कारमा परेका बताएका छन् । उनले कतिपय महिला दिदी बहिनीहरु बलात्कारमा परेर बच्चा बोकेर नेपाल फर्किनेपर्ने स्थिति रहेको बताएका हुन् । 

सामाजिक जनचेतनामुलक तिज विशेष बृहत सांस्कृतिक कार्यक्रम २०७५ सिन्धुलीपाल्चोकको मेलम्ची नगरपालिकामा शुक्रबार भएको कार्यक्रममा बोल्दै मन्त्री तामाङले अब यहि मुलुकमा युवाहरुलाई रोजगारमुलक बनाउनुपर्ने बताए । 

वर्क फर नेपाल फाउन्डेशन काठमाडौं, अन्तरपाटी महिला सञ्जाल मेलम्ची नगरपालिका र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सिन्धुलीपाल्चोकको संयुक्त आयोजनामा शुक्रबार भएको उक्त कार्यक्रम पूर्वमन्त्री तामाङले हाम्रो यो देशका युवाहरुले यहि मुलुकमा काम गर्ने सिर्जना वातावरण हुनुपर्ने बताए । 

‘कानुनी क्षेत्रमा भएका कतिपय कानुनी व्यवस्थाहरुको कारणले हुने ठूलठूला भ्रष्टाचारहरुलाई अन्त्य गर्न सकिन्छ,’ उनले थपे — ‘ठूलठूला भ्रष्टाचारहरु लाख करोडको होईन, अर्बौं अर्बौंको भ्रष्टाचार गरेर मोटाउने प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ ।’ 

‘ती भ्रष्टाचारीहरुलाई समाजमा नाङ्गेझार पारेर बारिह ल्याउनुपर्छ,’ उनले भने, ‘यस्तो प्रवृत्तिलाई बाहिर ल्याएर यहि मुलुकमा धेरै युवाहरुलाई रोजगागर दिलाउन सकिन्छ ।’

उनले कतिपय काम गर्ने मान्छेहरुलाई काम गर्ने खालको सिर्जना नभएका कारण बाधा भईरहेको बताउँदै भने, ‘हामी जस्ता काम गर्ने मान्छेहरुलाई यो मुलुकमा कहि न कहिँ अप्ठ्यारा सिर्जनाहरु हुँदोरहेछ ।’

उनले भने ‘सार्वजनिक पद धारण गरेका प्रत्येक व्यक्तिहरुको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ, ठगेर उनीहरुले सम्पत्ति लुकाउन पाइँदैन, भ्रष्टाचार गरेर सम्पत्ति लुकाउन पाइँदैन् ।’

सबैको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुन् हामीले संसदमा पारित गर्दैछौँ ।  भ्रष्टाचार हुने ठाउँहरुलाई टाल्नका लागि कोसिस भईरहेको उनले बताए । 

कार्यक्रममा वरिष्ठ सेलो गायक तथा नृत्य निर्देशन प्रेम लोप्चन, गायिका ईन्दिरा गुरुङ, चर्चित हास्य कलाकार दिनेश काफ्ले, बुगी बुगीका चर्चित डान्सरहरु सरोज मुक्तान, रविन भुजेल, शृष्टि महर्जन, हास्य कलारका नेपाल आईडलका प्रतिस्पर्धी काउली बुढी, लोकदोहोरी गायक नविन खड्का, लोकदोहोरी गायक भिसेन खतिवडा, योगेश लामा, लोकोदोहरी गायिका कल्पना दाहाल, गायिका रिता बुढाथोकी र सरिता थापा मगर लगायतका कलाकारहरुले दमदार प्रस्तुती दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप