शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनपुरमा एकैदिन तीन घटनाः महिलाको शव फेला, बलात्कारको आरोपमा बिष्ट पक्राउ

शनिबार, ३० भदौ २०७५, १९ : ५२
शनिबार, ३० भदौ २०७५

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ भाँसी नजिकको नहरमा शनिबार अन्दाजी ५५ वर्षीय महिलाको शव फेला परेको छ । 

नहरमा अर्ध डुबेको अवस्थामा भीमदत्तनगर बजारको सब्जीमण्डीमा तरकारी बेच्ने कार्यमा सम्लग्न आइती सार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताए । 

‘सार्कीको डुबेर वा अन्य कारणले मृत्यु भएको भन्ने बारे अनुसन्धानको कार्य शुरु गरेका छौ,’ उनले भने । सार्कीको शव परिक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । दैलेखको भूर्ति नगरपालिका घर भएका सार्की तरकारी बेच्दै आइएकी थिइन् । 

यसैबीच कञ्चनपुरको भीमदत्तनगरपालिका–१ भाँसीमा अन्दाजी ५५ वर्षीय भीमलाल शर्मा आज मृत अवस्थामा फेला परेका छन् । उनी आफ्नै घर नजिक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ओझाले जानकारी दिए । 

श्रीमतीको हत्या 

कञ्चनपुरको भीमदत्तनगरपालिका–९ टुडिखेल सिङ्गापुरका ४५ वर्षीय चन्द्र पुनमगरले ३५ वर्षीया आफ्नै श्रीमती बिमला पुनमगरको बञ्चरो प्रहार गरी हत्या गरेका छन् । 

शुक्रबार राति ७ बजे मदिराको नशामा रहेका मगरले श्रीमतीसँग विवाद हुँदा बञ्चरो प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए । मगरको घर परिवारलाई उद्धृत गर्दै उनले भने, ‘श्रीमान श्रीमतीलेसँगै मदिरा सेवन गरेपछि विवाद भयो । आवेशमा आएर चन्द्रले श्रीमतीलाई बञ्चरो प्रहार गरे ।’ 

श्रीमतीको हत्या गरेर मगर राति नै भारततर्फ फरार भएको र खोजतलासको कार्य जारी रहेको उनले बताए । भीमदत्तनगर बजारभन्दा झण्डै ४० किलो मिटर उत्तरतर्फ चुरेको विकटमा बस्ती रहेकाले हत्या बारे प्रहरीले शनिवबार बिहान मात्रै जानकारी पाएको थियो । 

घटना स्थलबाट शव पैदल नै बाकेर १० किलो मिटरको यात्रा तय गर्नुे अवस्था रहेको छ । 

बलात्कारको आरोपमा पक्राउ 

दुई जना छ वर्षका बालिकालाई चकलेट दिई बलात्कार गरेको आरोपमा कञ्चनपुरको बेलडाँडी गाँउपालिका– २ ढकनियाका ५७ वर्षीय राजेन्द्र विष्टलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । 

दुई जना बालिकालाई विद्यालयबाट फर्कने क्रममा चकलेट दिएर कोठामा लागि बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । भदौ १५ गते विष्टले दुवै जना बालिकामाथि बलात्कार गरेका भएपनि बालिकालाई मार्ने धम्की दिँदा बालिकाले अभिभावकलाई सो कुरा नभनेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले बताए । 

शु्क्रबार बलात्कार भएकामध्ये एक बालिकाले आफ्नी आमालाई बाजेले हामीमाथि अनैतिक कार्य गरेको भनेपछि अभिभावकले विष्ट विरुद्ध इलाका प्रहरी कार्यालयमा मौखिक उजुरी गरेका हुन् । मौखिक उजुरीका आधारमा विष्टलाई प्रहरीले पक्राउ गरेको छ । 

‘प्रारम्भीक बयानमा विष्टले दुवै बालिका आफ्ना नातिनी जस्ता भएकाले बलात्कार जस्तो अनैतिक कार्य नगरेको बताएको छ’, प्रहरी निरीक्षक बमले भने । यथार्थ पत्ता लगाउन स्वास्थ्य परीक्षण गरिएको र सोही आधारमा कारवाही प्रकृया अगाडि बढाइने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप