शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संविधान दिवस मनाउन समिति गठन, यस्तो छ तीनदिने कार्यक्रम

शनिबार, ३० भदौ २०७५, १३ : १८
शनिबार, ३० भदौ २०७५

धनगढी- प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको संयोजकत्वमा यहाँ संविधान दिवस विविध कार्यक्रमका साथ मनाउन मूल समारोह समिति गठन गरिएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको मन्त्रिपरिषद् कार्यालयका सचिव प्रदीपराज कँडेलले जानकारी दिनुभयो । 

असोज २, ३ र ४ गते साँझ दीपावली, २ गते सामाजिक विकास मन्त्रालयको संयोजनमा रक्तदान, आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजनमा संविधान दिवसबारे रेडियो संवाद कार्यक्रम, २ र ४ गते सरसफाइ र ३ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ब्याण्डबाजा र झाँकीसहितको ¥यालीको आयोजना गरी कवर्डहल पुगेर मुख्य समारोह गरिने र सोही दिन प्रदेश प्रमुखले चियापानको आयोजना गर्ने निर्णय गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप