शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय लाखेनाच प्रतियोगिता असोज ३ मा, यस्तो छ पुरस्कारकाे व्यवस्था

शनिबार, ३० भदौ २०७५, १३ : १५
शनिबार, ३० भदौ २०७५

चितवन–यही असोज ३ र ४ गते नारायणगढ बसपार्कमा छैठौँ राष्ट्रिय लाखेनाच प्रतियोगिता हुने भएको छ । लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा यस वर्ष ४० समूहले सहभागिता जनाउने भएका छन् । प्रतिष्ठानका अध्यक्ष निर्जललाल श्रेष्ठका अनुसार पूर्वको इलामदेखि सुदुरपश्चिमसम्मका समूहले सहभागिता जनाउने छन् । 

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पाउने चार समूहले क्रमशः रु ७५ हजार, रु ५० हजार, रु २५ हजार र रु १० हजार नगद पुरस्कार प्राप्त गर्ने निर्वतमान अध्यक्ष राजेन्द्रकुमार पियाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप