शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यसकारण हुन्छ रक्तअल्पता

शनिबार, ३० भदौ २०७५, १२ : ३८
शनिबार, ३० भदौ २०७५

विश्व स्वास्थ्य संगठनको मापदण्डले लक्षित समूहको जनसङ्ख्या मध्ये २० प्रतिशतलाई मात्र रक्तअल्पता भए त्यसलाई जनस्वास्थ्य समस्या मान्नुपर्ने उल्लेख गरेको छ । 

नेपालमा भने ४१ प्रतिशत महिलामा रक्तअल्पता रहेको छ । विश्व स्वास्थ्य संगठनकै मापदण्डलाई हेर्दा नेपालमा महिला तथा बालबालिकामा रक्तअल्पता जटिल समस्याको रुपमा रहेको छ ।

स्वास्थ्य मन्त्रालयले गरेको नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका ४१ प्रतिशत महिलामा रक्त अल्पता भएको बुझिएको छ । 

यो तथ्याङ्क सन् २०११ मा गरिएको सर्वेक्षणको भन्दा ६ प्रतिशत बढी हो । नेपालमा पहिलो पटक गरिएको एक अध्ययनमा १०–१९ वर्ष उमेर समूहका ११ प्रतिशत किशोरीमा रक्तअल्पता देखिएको थियो ।
रक्तअल्पताका कारण, लक्षण र रोकथामका उपायका सन्दर्भमा केन्द्रीत रहेर वरिष्ठ जनस्वास्थ्य चिकित्सक डा. अरुणा उप्रेतीले जानकारी गराएकी छन्ः

के हो रक्तअल्पता ?
रगतमा हेमोग्लोबिन भन्ने तत्व हुन्छ । हेमोग्लोबिन बन्नको लागि आइरन (लौहतत्व) चाहिन्छ । यदी हाम्रो शरीरमा फलाम र प्रोटिनको मात्रा कम भयो भने हेमोग्लोबिनको मात्रा पनि कम हुन्छ । शरीरलाई चाहिने मात्रामा हेमोग्लोबिन बन्न नसक्दा रगतको रङ फिक्का हुन्छ । यस्तो अवस्थालाई रक्तअल्पता भनिन्छ ।

यसकारण हुन्छ रक्तअल्पता
कम उमेरमा आमा बन्दा पनि रक्तअल्पता हुने सम्भावना हुन्छ । किशोरी अवस्थामा किशोरीहरुको शरीरको उचाइ र तौल बढ्ने समय हो । यो समयमा गर्भवती हुँदाआमा र शिशु दुबैको उचाइ, तौल र रगत एकै पटक बढ्नुपर्ने हुन्छ  ।

यो समयमा दुबैलाई आइरनको मात्रा धेरै चाहिन्छ । आवश्यकताअनुसार आमाले आइरन पाउनन सक्दा आमा र बच्चा दुबैमा रक्तअल्पता हुने सक्ने सम्भावना हुन्छ । त्यसैले सानै उमेरमा विवाह गर्नु, उमेरै नपुगी सन्तान जन्माउनु महिलाका लागि निकै जोखिमको कुरा हो । यस्ता महिलालाई परिवारको सदस्यले पनि ध्यान दिन जरुरी हुन्छ ।

छिटो–छिटो गर्भ रहनु अर्थात वर्षैपिच्छे बच्चा जन्माउनु, धेरै सन्तान जन्माउँदा रक्तअल्पता हुन सक्छ । यस्तै किशोरीहरुको हकमा भने २० वर्ष भन्दा कम उमेरमा गर्भवती हुँदापनि रक्तअल्पताको समस्या देखिन्छ ।

असर
–रक्तअल्पता भएपछि रोगसँग लड्ने क्षमता कम हुन्छ ।

–कमजोर महसुश हुन्छ, हिँड्दा स्याँस्याँ हुन्छ ।

–रक्तअल्पता भएका आमाबाट जन्मेका बच्चा कम तौलका हुने र उनीहरुको मृत्यूसमेत हुने खतरा हुन्छ ।

–रक्तअल्पता भएकी गर्भवती महिलाको सुत्केरी अवस्थामा ज्यान जाने सम्भावना पनि हुन्छ ।
 

रोकथाम
गवर्भवती महिलाले खाने खानामा आइरन र यसलाई सोस्न मद्यत गर्ने खाना हुँदै नहुनु वा कमी हुँदा रक्तअल्पता हुन्छ । जस्तै गर्भवती महिलाले समय–समयमा स्वास्थ्य परीक्षण गर्नुका साथै भात, आलु प्याज र खुर्सानीमात्रै खाएर हुँदैन सागसब्जी, अचार, गेडागुडी, माछामासु, फलफूल अचार सबै मिलाएर प्रशस्त मात्रामा खानुपर्ने हुन्छ । जुन खानाले गर्भवती महिलालाई रक्तअल्पता हुनबाट जोगाउँछ ।

महिलाले जङ्कफुड नखाएकै राम्रो : डा. अरुणा उप्रेतीको सुझाव

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप