बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘बाँध मायाले’को रोमान्टिक गीतमा सृष्टि र किशोर

शनिबार, ३० भदौ २०७५, १२ : ०३
शनिबार, ३० भदौ २०७५

काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र चलचित्र ‘बाँध मायाले’ को नयाँ गीत ‘सँग सँगै’ सार्वजनिक गरेको छ । प्रदर्शन मिति नजिकदै गर्दा निर्माण युनिटले ल्याएको यो गीतमा अर्जुन पोखरेलको संगीत तथा अञ्जु पन्त र सुगम पोखरेलको स्वर रहेको छ । शब्द पनि संगीतकार पोखरेल नै कोरेका हुन् । 

गीत अभिनेत्री सृष्टि श्रेष्ठ र नवनायक किशोर खड्का माथी खिचिएको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीत आकर्षक बनेको छ ।

सविर श्रेष्ठ निर्देशित चलचित्रमा ‘बाँधमायाले’मा आर्यन अधिकारी र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएका छन् । साथमा नवनायक खड्का, राजाराम पौडेल, विशाल चाम्लिङ र रविन प्रताप सेनको अभिनय छ । 
रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त िनर्माण रहेको चलचित्रमा केदार धिताल कार्यकारी निर्माताको रुपमा रहेका छन् । सहनिर्माता महेन्द्र अधिकारी हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप