शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवनको माडीमा पहिलो बहुप्राविधिक शिक्षालय

शनिबार, ३० भदौ २०७५, १० : २६
शनिबार, ३० भदौ २०७५

रत्ननगर - दक्षिण चितवनको माडीमा पहिलो बहुप्राविधिक शिक्षालय खुलेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटीइभिटी) ले माडीको हरिनगरमा ‘दिवाकर स्मृति बहु¬प्राविधिक शिक्षालय’ सञ्चालन गरेको हो । 

प्रवेश परीक्षाको फारम वितरणको काम थालिएको भन्दै शिक्षालयका प्रमुख पुष्पराज पौडलले आगामी महिनादेखि कक्षा सञ्चालन हुने जानकारी दिए । जसका लागि असोजको ३ गते प्रवेश परीक्षा सञ्चालन हुनेछन् । भदौ २७ गते प्रमुखको कार्यभार सम्हालेलगत्तै कक्षा सञ्चालनको आवश्यक प्रक्रिया थालिएको पौडेलको भनाइ छ । 

माडी नगरपालिका–६ स्थित हरिनगरमा खुलेको बहुप्राविधिक शिक्षालयमा सिभिल ओभरसियर र बाली विज्ञानअन्तर्गत कृषिको प्रमाणपत्र तहको पढाइ चल्ने छ । ओभरसियरतर्फ ४८ र कृषितर्फ ४० विद्यार्थी भर्ना गरिने पौडेलले जानकारी दिए । 

हरिनगर आधारभूत विद्यालय माडीको ५ बिगाहा क्षेत्रमा उक्त शिक्षालय स्थापना गरिएको हो । शिक्षालय सञ्चालनका लागि उक्त विद्यालयको जग्गा सिटीइभिटीलाई उपलब्ध गराएको माडी नगरपालिका प्रमुख ठाकुर ढकालले जानकारी दिए । 

विद्यार्थी सङ्ख्या कम भएकाले अहिले विद्यालय गाभेर जनकल्याण माध्यामिक विद्यालयमा सारिएपछि खाली भएको १२ कोठामा प्रारम्भिक चरणको कक्षा सञ्चालन हुनेछन् । आवश्यक भौतिक संरचना थप्दै पठनपाठन समेत अघि बढाइने छ । माडी कृषिका लागि अब्बल क्षेत्र हो । प्राविधिक शिक्षालयले यहाँको शैक्षिक विकासमा योगदान दिने आशा रहेको स्थानीय गोविन्द न्यौपानेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप