बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बेनी-जोमसोम सडक छियाछिया

शनिबार, ३० भदौ २०७५, ०६ : ५२
शनिबार, ३० भदौ २०७५

म्याग्दी - हिमाल पारीको जिल्ला मुस्ताङ पुग्ने एकमात्र स्थलमार्ग पहिरो र कालिगण्डकी नदीको कटानले छियाछिया परेको छ । 

पहिरोले बगेको सडक थप पहिरो नझरे पहिलेकै अवस्थामा फर्किन कम्तीमा एक साता लाग्ने सडक आयोजनाले जनाएको छ । 

विस्तार र स्तरोन्नति क्रममा रहेको सडकको ठाउँ ठाउँमा भीषण पहिरो गएको छ । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ । 

सबैभन्दा ठूलो पहिरो म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ काभ्रेभीरमा खसेको छ । काभ्रेभीरमा बर्सेनी पहिरो जाने गरेको छ । 

त्यसाहेक सडकका ठाउँ ठाउँमा रहेका पुलसम्मको एप्रोच (पुल अड्ने संरचना वा ठाउँ) नै पहिरोले बगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप