शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत सम्पत्ति करले महानगरको रजस्व बढ्यो

शनिबार, ३० भदौ २०७५, ०६ : ४०
शनिबार, ३० भदौ २०७५

काठमाडौं - काठमाडौं महानगरपालिकाले चालु आर्थिक बर्षदेखि एकीकृत सम्पत्ति कर लागू गरेपछि राजस्व संकलन प्रभावकारी देखिएको समाचार आजको कान्तिपुरमा छापिएको छ । 

गत बर्ष साउनमा १५ करोड राजस्व संकलन भएकोमा यस बर्ष दोब्बर भएको राजस्व विभागका निर्देशक दीपक अधिकारीले बताए । 

यही अनुपातमा राजस्व संकलन हुने हो भने आर्थिक बर्षको अन्त्यसम्ममा अनुमानित लक्ष्य प्राप्त हुने उनले बताए । 

आर्थिक बर्ष २०७५/०७६ मा १२ अर्ब ४ करोड ११ लाख ५७ हजार कर उठाउने लक्ष्य महानगरको छ । महनगरमा १२ हजार ७९ करदाता छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप