शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारलाई कारबाही गर्ने सर्वोच्चको चेतावनी

शनिबार, ३० भदौ २०७५, ०६ : ३०
शनिबार, ३० भदौ २०७५

काठमाडौं - आफूले दिएको आदेश पटकपटक उल्लंघन गरेको भन्दै सर्वोच्च अदालतले सरकारलाई कारबाही गर्ने कडा चेतावनी दिएको छ । 

सर्वोच्च अदालतले सरकारलाई संविधनको धारा १२८ (४) अनुसार आफ्नो आदेश अवहेलना गरेकाले कारबाही गर्ने चेतावनी दिएको समाचार आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा छापेको छ ।

संविधनको धारा १२८  को उपधारा ४ मा अदालतको आदेश वा फैसला अवज्ञा गरेमा कानुनबमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्न सक्ने उल्लेख छ । 

सर्वोच्चले चारपटकसम्म नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई रिहा गर्न आदेश दिए पनि सरकारले सर्वोच्चबाटै पक्राउ गर्दै आएको छ । 

न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले शुक्रबार अवहेलना मुद्दामा कारबाही गर्ने चेतावनी दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप