बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शिखर वार्ताका लागि मुन सिधा उडानबाट प्योङयाङ जाने

शुक्रबार, २९ भदौ २०७५, २१ : ४५
शुक्रबार, २९ भदौ २०७५

सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन कोरियाली शिखर वार्ताका लागि सिधा उडानमार्फत् वार्तास्थल जाने भएका छन् । 

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ताका लागि उनी सिधा उडानबाट पश्चिमी सामुद्रिक सिमा क्षेत्र पार गरेर जाने भएका हुन् । 

दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले शुक्रबार दिएको जानकारी अनुसार मुन र उनको प्रतिनिधि मण्डल शिखर वार्ताका लागि उत्तर कोरियाको राजधानी प्योङयाङ जान लागेको छ । 

दुई शीर्ष नेताहरुबीच यही सेप्टेम्बर १८ देखि २० तारिख सम्म प्योङ्याङ्मा वार्ता गर्ने तयारी भएको छ । 

शीर्ष नेताहरुको वार्ता अगाडी दुवै देशका वरिष्ठ अधिकारीहरुबीच वार्ता हुने कार्यतालिका रहेको छ । सो वार्ताका लागि दक्षिण कोरियाली वरिष्ठ अधिकारीहरुको टोली भने सेप्टेम्बर १६ तारिखमा उत्तर कोरियामा अवतरण गर्नेछ । 

शिखर वार्ता अन्तर्गत सवैभन्दा महत्वपूर्ण मानिने शीर्ष नेताहरुको पहिलो भेटवार्ताको प्रत्यक्ष प्रसारण गर्न दुवै पक्ष सहमत भएका छन् । 

उनीहरुबीच झण्डै पाँच घण्टा वार्ता हुने बताइएको छ । स्थानीय समय अनुसार दिउसो २ बजेपछि सुरु हुने भेटवार्ता कुनै विश्राम विना निरन्तर चल्ने कार्यतालिका छ । 

शीर्ष नेताहरुको छलफलका एजेण्डाहरुका बारेमा भने अहिलेसम्म विस्तृतमा जानकारी नगराइएको समाचारमा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप