मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रोयल इन्डफिल्डको परिमार्जित थन्डरबर्ड ३५० एक्स् र क्लासिक गन मेटल ग्रे ३५० मोडल नेपालमा

शुक्रबार, २९ भदौ २०७५, १९ : १४
शुक्रबार, २९ भदौ २०७५

काठमाडौं – नाडा अटो शोको अवसरमा ईछर मोटर्स लिमिटेडको रोयल इन्डफिल्ड ब्राण्ड थन्डरबर्ड ३५० एक्स् मोडल र क्लासिक गन मेटल ग्रे ३५० सिसि अनावरण गरिएको छ ।

रोयल इन्डफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइल्स्ले उक्त बाइक आज देखि भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा प्रारम्भ भएको नाडा अटो शोमा सार्वजनिक गरेको हो । यो रोयल इन्डफिल्ड थन्डरबर्डको परिमार्जित बाइक रहेको कम्पनीले जनाएको छ । 

उत्कृष्ट डिजाइनको उक्त थन्डरबर्ड एक्स् बाइक बिएस फोर मोडल, टिउबलेस टायर, अलोह्वील, ह्यान्डलबारका साथै सेतो तथा रातो रङ्गमा उपलब्ध रहेको छ भने, क्लासिक गन मेटल ग्रे तर्फ बिएस फोर मोडल, डबल डिक्स, ब्राउन सिट कभर बिशेषता रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप