शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्दिचरण नगरपालिकामा भ्यु टावर निर्माण हुँदै

शुक्रबार, २९ भदौ २०७५, १८ : ५०
शुक्रबार, २९ भदौ २०७५

रामहरि श्रेष्ठ,
ओखलढुंगा– सिद्धिचरण नगरपालिका ८ स्थित लगलगेमा निमार्णधीन भ्यु टावरको ३५ प्रतिशत निमार्ण कार्य सम्पन्न भएको छ ।  समुन्द्री सतहबाट करिब २ हजार २ सय मिटरभन्दा अग्लो स्थानमा रहेको भ्यू टावरको २०७४ असारमा शिलान्यास भई काम सुरु भएको हो ।

भ्यु टावरका लागि नगरपालिका र शाक्य निर्माण सेवाबीच लगभग २३ लाखको लागतमा निमार्ण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।  हाल टावरको पिल्लर उठाउने काम भैरहेको इन्जिनियर दिव्य श्रेष्ठले बताए । सत्र महिनामा सक्नेगरी निमार्णको सम्झौंता भएको छ । 

सम्झौंता अनुसार ठकेदार कम्पनीले आगामी मंसिर १५ गते भित्र टावरको निमार्णकार्य सम्पन्न गर्नुपर्नेछ ।

सामान ढुवानीमा समस्या 
सरमुकामको उच्च स्थानमा रहेको लगलगेमा निमार्णाधीन टावरका लागि पानी तथा सामान ढुवानीमा भने समस्या भएको टावर निमार्णमा खटिएका इन्जिनियर श्रेष्ठले बताए । उक्त स्थानमा पानीको अभाव भएकाले हालैमात्र ठुलो प्लास्टिक पोखरी निमार्ण गरी आकाशे पानी जम्मा गर्ने गरिएको छ । 

गिटी,बालुुवा,सिमेन्ट तथा रड लगायतका निमार्णका सामाग्री भने मानिसले बोकेर पुर्याउने गरेका छन् । भ्यु टावर निर्माण स्थलसम्म सावारीसाधन नपुग्ने भएकाले भन्डै ७ सय मिटर तलबाटै सामाग्रीहरु मानिसले बोकेर लाने गरेका छन् । 

सदरमुकामदेखि ५ किलोमिटरको दूरीमा रहेको लगलगे क्षेत्रलाई पर्यटकीय क्षेत्रमा विकाश गर्न भ्यू टावरले महत्वपूर्ण भूमिका खेल्ने नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले बताए । नगरपालिकाले भ्यू टावर मार्फत जिल्लामा आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त स्थानमाबाट विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत दर्जनौं बढी हिमाश्रृंखलाहरु देख्न सकिन्छ ।

नुनको पोकासँगै टावरको शिलान्यास 
उक्त स्थानमा नुनको पोका बोकेर भ्यु टावरको शिलान्यास गरिएको थियो । बर्षातको सिजनमा सो स्थानमा जुकाले सताउने भएकाले नुनको पोकासँगै टावरको शिलान्यास गरिएको हो ।

तत्कालीन सभासदहरु यज्ञराज सुनुवार, शकुन्तला राजभण्डारी, नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठ र उपमेयर ईच्छाकुमारी गुरुङलगायतले नुनको पोको बोक्दै २०७४ असार २१ गते टावर शिलान्यास गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप