बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वतन्त्र ढंगले काम गर्ने वातावरण नभए राजीनामाः मेयर सरावगी

शुक्रबार, २९ भदौ २०७५, १८ : ३६
शुक्रबार, २९ भदौ २०७५

वीरगञ्ज– संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी र सो दलका नेताहरुबीचको विवाद उत्कर्षमा पुगेको छ । सरकारी काम काजमा पार्टीका नेता कार्यकर्ताबाट अनावश्यक दबाब आएकोमा आफ्नो असन्तुष्टि रहेको मेयर सरावगीले बताए ।

सरावगी गत असोज ३ मा भएको स्थानीय तहको निर्वाचनमा फोरम नेपालबाट चुनाव लडेर मेयरमा निर्वाचित भएका हुन् । सरावगी २०७४ साल चैतमा फोरम नेपालमा प्रवेश गरेका थिए । 

विभिन्न सञ्चारमाध्यम र सामाजिक सन्जालमा मेयर सरावगीले पार्टीबाट राजीनामा दिएको खबर सार्वजनिक भएपनि सरावगीले भने आफुले पार्टीबाट राजीनामा दिइनसकेको तर स्वतन्त्र अवस्थामा काम गर्ने वातावरण नरहे राजीनामा दिने बताए । 

मेयर सरावगीले पार्टीभित्र आफना असन्तुष्टि राखेको र आफना कुरा पार्टी भित्र सुनुवाइ नभए राजीनामा दिनसक्ने स्पष्ट पारे । उनले आफु पार्टीको मात्र नभई सम्पूर्ण नगरवासीको मेयर भएकाले कानुन र प्रक्रिया मिचेर नजाने अडान राख्दा पार्टीबाट अनावश्यक दबाब र तनाव आइरहेकाले काम गर्न समस्या भइरहेको गुनासो गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप