बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

संविधानप्रति जनजाति महासंघको असन्तुष्टि

शुक्रबार, २९ भदौ २०७५, १७ : ३२
शुक्रबार, २९ भदौ २०७५

काठमाडौं– नेपाल आदिवासी जनाजाती महासंघले संविधानप्रति आफ्नो असन्तुष्टि कायमै रहेको भन्दै असोज ३ गते संविधान दिवस नमनाउने भएको छ । महासंघका अध्यक्ष जगतबहादुर बरामले शुक्रबार एक विज्ञप्ति जारी राख्दै असोज ३ लाई आदिवासी जनजातिलगायत सम्पूर्ण उपेक्षित, उत्पीडित जाति समुदायमाथि धोकाधडी, षड्यन्त्र, जालसाजी र पुनः विभेद भएको दिनको रुपमा लिएको जनाएका छन् ।

‘नेपाल आदिवासी जनजाति महासंघको संविधानप्रतिको अस्वीकार्यता तथा असन्तुष्टि कायमै रहेको छ, तसर्थ, संविधान संशोधनमार्फत आदिवासी जनजाति आन्दोलनको पहिचान र अधिकारका मुद्धाहरू सम्बोधन नहुञ्जेल संविधान जारी भएको दिन असोज ३ गते कुनै पनि कार्यक्रमहरू गरेर नमनाउन र यदि कुनै कार्यक्रम गर्न गरे ।

आदिवासी जनजातिमाथि संविधानबाट पुनः विभेद भएको दिनको रुपमा कार्यक्रमहरू गर्न महासंघसम्बद्ध सम्पूर्ण आदिवासी जनजातीय सदस्य संगठनहरू, प्रदेश, जिल्ला र स्थानीय (महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका र वडा) समन्वय परिषद्हरू, विदेश शाखाहरू, सम्बन्धन संगठनहरूलगायत आदिवासी जनजातिका क्षेत्रमा क्रियाशील सम्पूर्ण संघ–संस्थाहरूलाई विशेष आग्रह सहितको जानकारी गराउँदछौं’ विज्ञप्तिमा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप