शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशमा गर्ने उपचार खर्च अबदेखि राज्यले नदिने

शुक्रबार, २९ भदौ २०७५, १७ : १५
शुक्रबार, २९ भदौ २०७५

काठमाडौँ– अबदेखि सरकारले बिदेशमा गरिने जोसुकैको उपचार खर्च राज्यले नदिने भएको छ । विदेशमा गरिने उपचार खर्च सरकारले नबेहोर्ने प्रावधानसहितको जनस्वास्थ्य विधेयक शुक्रबार संसदबाट सर्वसम्मतिले पारित गरेसँगै यो व्यवस्था लागु हुने भएको हो । संसदबाट पारित जनस्वास्थ्य विधेयकमा कुनै पनि व्यक्तिले विदेशमा गर्ने उपचार खर्च नब्यहोर्ने उल्लेख छ ।

यसअघि पहुँचवालहरुले सरकारी खर्चमा विदेशमा गएर उपचार गर्ने गरेका थिए ।  संविधानमा स्वास्थ्यलाई मौलिक हक अन्तर्गत राखेर त्यसलाई कार्यान्वयन गर्न  सरकारले नयाँ कानुन निर्माण गरेको हो । 
सर्वसम्मतिले पारित भएको यो ऐन राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुनेछ ।

विधेयकमा ‘प्रचलित कानुनमा जे कुरा लेखिए पनि कुनै व्यक्तिले विदेशमा उपचार गर्नुपर्ने भएमा नेपाल सरकारले राज्यकोषबाट व्यहोर्ने छैन,’भन्ने उल्लेख छ ।  शुक्रबार विधेयक पास भएसँगै अबदेखि नेपाल बाहिर उपचार गर्न जाने नेता, मन्त्री, प्रधानमन्त्री तथा कर्मचारी जो कोहीले पनि व्यक्तिगत खर्च गर्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप