शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल भारतसँग पराजित

शुक्रबार, २९ भदौ २०७५, १६ : ३६
शुक्रबार, २९ भदौ २०७५

काठमाडौँ– भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा नेपालको यू–१९ टोली भारतको यू–१९ ‘ए’सँग पराजित भएको छ । 

लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा नेपाल आठ विकेटले हारेको हो । टस जितेर ब्याटिङ गर्दै नेपालले ४५ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर १५६ रन बनाएको थियो । एक सय ५७ रनको विजयी लक्ष्य भारतले २४ दशमलव १ ओभरमा दुई विकेट गुमाएर पुरा गर्यो ।

भारतका लागि वाईभि राथोडले अविजित ५९ रन तथा प्रभासिमरन सिंहले अविजित ४६ रनको योगदान दिए । कप्तान अनुज रावतले ४७ रन बनाए । बलिङवर्फ नेपालका लागि कमलसिंह ऐरी र पवन सर्राफले एक ÷एक विकेट लिए । 

त्यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि सन्दिप जोराले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ९३ बल खेल्दै एक छक्का र पाँच चौका हाने । तृतराज दासले ४६ तथा भीम सार्कीले २८ रन बनाए । बलिङतर्फ भारतका वाईडी मङवानी र अजयदेव गौडले चार÷चार विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप