शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जघन्य अपराधमा संलग्नलाई तत्काल पक्राउ गर्न माग गर्दै नयाँ शक्तिको प्रदर्शन (फोटो)

शुक्रबार, २९ भदौ २०७५, १६ : २६
शुक्रबार, २९ भदौ २०७५

काठमाडौं– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले बढ्दो हिंसा, हत्या र बलात्कारजस्ता जघन्य अपराधमा संलग्नलाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न सरकारसँग माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ । 

बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तलगायतका पीडित परिवारलाई तत्काल न्याय दिन माग गर्दै नयाँ शक्ति पार्टी, नेपालले शुक्रबार काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्यालीसहितको विरोध प्रर्दशन गरेको हो ।

 बढ्दो हत्या, हिंसा र बलात्कारमा संलग्न अपराधिलाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न सरकारसँग माग गर्न सडक आन्दोलन गर्नु परेको पार्टीकी नेतृ दुर्गा सोबले जानकारी दिइन ।

प्रर्दशनीमा महिला र बालबालिकामाथि हुने बलात्कार, हत्या लगायतका जघन्य अपराधको घटना हुन नदिन प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारी विरुद्ध चर्का नाराबाजी पनि गरिएको थियो । तस्विरः सुवास श्रेष्ठ/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप