शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाका चार कार्यकर्तामाथि मुद्दा दर्ता

शुक्रबार, २९ भदौ २०७५, १६ : १४
शुक्रबार, २९ भदौ २०७५

लहान– सिरहाको लहान नगरपालिका–१३ पक्कीटोलबाट पक्राउ परेका नेकपाका चारजना कार्यकर्तामाथि सिरहा प्रहरीले नयाँ फौजदारी ऐनअन्तर्गत मुद्दा चलाएको छ । 

सरकार विरोधी पर्चा बाँड्दै हिँडेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले गत २३ गते पक्राउ गरेको स्थानीय गोविन्द सदाय, अनिता सदाय, ज्ञानुदेवी सदाय र धनुषाका इन्दल साहलाई पक्राउ गरेको थियो । 

पक्राउ परेका चारै जनामाथि नयाँ फौजदारी ऐनअन्तर्गत सार्वजनिक सुविधा र नैतिकताविरुद्धको कसुर मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । 

गाउँमा जबर्जस्ती सरकार विरोधी पर्चा बाँडिरहेको सूचना पाएपछि पुगेको इलाका प्रहरी कार्यालय लहानको टोलीले सोधखोज गर्दा प्रहरीमाथि नै दुव्र्यबहार गरेपछि चारै जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप