बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला
बिष्णुकुमार आले
अर्घाखाँची– बलात्कारपछि हत्या गरेको अभियोगमा एकजनालाई अर्घाखाँचीको जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ। बिहीबार जिल्ला अदालत अर्घाखाँचीले ३४ वर्षीय विक्रम रानालाई जन्मकैदको फैसला सुनाएको हो। जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलाशले दाङ जिल्ला गडवा गाउँपालिका–१ बस्ने ३४ वर्षीय विक्रम रानालाई जन्म कैदको फैसला सुनाएको हो ।
बलात्कारमा सहयोगी बनेका दाङकै राप्ती गाउँपालिका भालुवाङ-१ निवासी ३० वर्षीय दिवश शाहीलाई १ वर्ष ६ महिना कैद गरिएको श्रेष्तेदार मोहनप्रसाद बेल्वासेले जानाकारी दिए। रानाले २०७४ फाल्गुन २० गते राति सितगंगा नगरपालिका–८ सिद्धारा जामुने सामुदायिक वन अर्घाखाँचीमा दाङ जिल्ला राप्ती गाउँपालिका-१ बस्ने मुस्कान नेपाली परियारलाई बलात्कारपछि हत्या गरेका थिए।
परियारको लाश जगंलमा अर्को दिन फाल्गुन २१ गते नग्न अवस्थामा प्रहरीले फेला पारेको थियो। मृतकका श्रीमान बसन्त दमै परियारले जाहेरी दिएका थिए। मृतकका छोराछोरीलाई क्षतिपूर्तिवापत दुई लाख तत्काल राज्यबाट उपलब्ध गराउन फैसलामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसको कदमले अमेरिका आक्रोशित
-
इरानी र्यापर सालेहीलाई मृत्युदण्डको सजाय सुनाइयो
-
आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
भाइलाई ‘प्लस टु’ पास गराउन प्रिन्सिपलले गरे नक्कली विद्यार्थी खडा
-
एयरलाइन्सको ज्यादतीबारे मेनपावर व्यवसायीद्वारा ध्यानाकर्षण