बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरपालिका भन्छ– ‘भ्रम सिर्जना नगरियोस्’

शुक्रबार, २९ भदौ २०७५, १५ : १५
शुक्रबार, २९ भदौ २०७५

चितवन– भरतपुर महानगरपालिकाले महानगरको बजार व्यवस्थापन कार्यप्रति भ्रम सिर्जना गरिएको भन्दै खेद प्रकट गरेको छ ।  महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले विज्ञप्ति जारी गरी भरतपुर महानगरपालिकाले तोकेको स्थानमा गई आ–आफ्नो व्यवसाय गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘आउँदा दिनमा व्यवस्थापनमा खटिएका प्रहरी, ट्राफिक प्रहरी तथा नगर प्रहरीहरुको मनोबल घटाउने खालका कुनै पनि गतिविधि नगर्न र त्यसो गरिएको पाइएमा कडा कारबाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।’

बजार व्यवस्थित गर्न समस्याको रुपमा रहेका फुटपाथ व्यवस्थापन र सवारी पार्किङको लागि उपयुक्त स्थान समेत तोकी काम कारबाहीसमेत अगाडि बढिरहेको छ ।

यसरी व्यवस्थापन गर्ने क्रममा जथाभावी रुपमा सडकपेटीमा व्यवसाय गर्ने एक समूहले भाद्र २७ गते व्यवस्थापनमा खटिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय र भरतपुर महानगरपालिकाका नगर प्रहरीहरुलाई समेत हतोत्साहित गराउने उद्देश्यले सामाजिक सञ्जालमा नियोजित ढंगबाट अमर्यादित भिडियोहरु अपलोड गरी भरतपुर महानगरको बजार व्यवस्थापन कार्यप्रति भ्रम सिर्जना गरिएको विज्ञप्तिमा जनाएको छ । 

भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र बजार एवम् पार्किङ व्यवस्थापन र सडक पेटीमा व्यवसाय गर्ने परिपाटीको अन्त्य गरी सुरक्षित सडक, हराभरा र व्यवस्थित महानगर निर्माण गर्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाइरहेको छ । 

यसको व्यवस्थापनको लागि भरतपुर महानगरपालिकाले महानगरभित्रका सम्बन्धित सरोकारवाला निकायहरुसँग समन्वय र आवश्यक निर्देशन दिइरहेको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप