बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नाडा अटो शोमा सुजुकीका ५ मोडेलका कार, सबैभन्दा राम्रो माइलेज

शुक्रबार, २९ भदौ २०७५, १४ : ३७
शुक्रबार, २९ भदौ २०७५

काठमाडौँ । राजधानीमा जारी रहेको नाडा अटो शोमा यसबर्ष सिजी मोटोकर्पले ५ मोडेलका गाडिहरु राखेको छ । यो शोमा कम्पनीले सुजुकी कम्पनीको सबैभन्दा पछिल्लो संस्करण स्वीफ्टलाई बढी फोकस गरेको छ । गएको असार ३ गते नेपालमा पहिलो पटक लन्च भएको सुजुकी स्वीफ्टको तेश्रो संस्करणलाई उपभोक्ताले अत्यन्तै रुचाइहेका छन् । 

यस्तो छ सुजुकी स्वीफ्ट कारका विशेषताहरु 

यो पाँच रंगमा उपलब्ध छ । यसको लुक्स स्र्पोर्टस कारको जस्तो छ । 

यसमा जेडएक्सआई र भीएक्सआई गरी २ प्रकार रहेका छन् । जेडएक्सआईको मूल्य ३२ लाख ४९ हजार छ भने भीएक्सआईको २९ लाख ४९ हजार रहेको छ । 

यी गाडिहरुमा सर्वोत्कृष्ट माइलेज सुविधा रहेको  छ । साथै स्पेयर पार्टस पनि सजिलै पाउन सकिन्छ । २ बर्षसम्म फ्रि सर्भिसिङको व्यवस्था रहेको छ । ८ सय देखि १ हजार किलोमिटरसम्म गुडेपछि पहिलो सर्भिसिङ र त्यसपछि उपभोक्ताको इच्छाअनुसार सर्भिसिङको व्यवस्था रहेको छ । 

यो गाडिमा ४ बर्ष इन्जिन वारेन्टी रहेको छ । किस्ताबन्दीमा खरिद गर्नेका लागि ९ दशमलव ९ प्रतिशत ब्याजदरमा एभरेष्ट बैंक मार्फत ऋण लिन सकिन्छ । 

यसका लागि उपभोक्ताले ३५ प्रतिशत रकम दिनुपर्छ भने ६५ प्रतिशत रकम बैंकले बोहोर्छ । 

नाडा अटो शोमा स्वीफ्ट गाडि खरिद गर्न चाहनेका लागि नाडा स्पेशल अफर पनि राखिएको छ । स्पेशल अफर अन्र्तगत ४० हजार छुट, अटो शोमा बुक गरेमा २० हजार छुट सहित ६० हजारको अफर राखिएको छ । यस्तै स्क््रयाच कुपनमार्फत १० हजार देखि १ लाख सम्म छुटको व्यवस्था गरिएको छ  । अहिलेसम्म यो कार ५ सय भन्दा बढी विक्री भएको सिजी मोटोकर्पकी बिक्री प्रवन्धन श्रद्धा बज्रार्चायले रातोपाटीलाई जानकारी दिइन् ।  

नाडा अटो शोमा सुजुकीमा ५ मोडेलका कार 

नाडा अटो शोमा सिजी मोटोकर्पले सुजुकी स्वीफ्टको पछिल्लो संस्करणलाई मुख्य फोकस गराएको छ । यस्तै भिटारा ब्रेजा एसयूवी रेन्जको गाडि पनि छ । बनेन्यो, सेलेरो र डिजारेन्ज गरी ५ प्रकारका गाडि प्रर्दशनका लागि राखिएको छन् । 

सुजुकीका प्रत्येक मोडेलका आफ्ने विशेषताहरु छन् । सुजुकीका गाडिहरुको सबैभन्दा राम्रो पक्ष भनेको यसले माइलेज राम्रो दिन्छ । टिकाउ हुनुका साथै स्पेयर पार्टसको लागत पनि कम छ । 

सुजुकीका १३ मोडलका गाडि छन् जुन नेपालको सडकका लागि सुहाने र उपयुक्त हुने गाडिहरु छन् । शहरी क्षेत्रमा सवारी चलाँउनका लागि सानो कार चलाउने हो भने अल्टो कार छ । स्र्पोर्टी कारका लागि स्वीफ्ट कार उपयुक्त छ । प्रीमियर मोडेलमा जाने हो भने बलिनो रहेको छ । अफरोड वा रफरोडका लागि भिटारा ब्रेजा गाडिहरु छन् । विभिन्न अवस्थाका सडकका लागि सुहाउने गाडिहरु रहेको कम्पनीका प्रमुख बजार प्रवन्धक करुण शाक्यले जानकारी दिए । 

सुजुकीको पछिल्लो पटक स्वीफ्ट गाडि लन्च भएको थियो । यो नेपालका लागि नयाँ नाम भने होइन् । पहिलो पटक २००५ मा लन्च भएको थियो । अहिले यसको सुविधासम्पन्न तेश्रो पुस्ता आइसकेको छ । भारत र नेपालमा उपभोक्ताले चढ्ने स्पोर्टस कारको लुक्समा यो प्रख्यात रहेको थियो । 

यसको मुख्य बिशेषता स्र्पोट कारको रुप देखिनु मात्र नभई एसको ह्यान्डलिङ पनि थियो । यो गाडि चलाँउन पनि एकदम कन्फर्ट छ । यसको पिकअप पनि धेरै राम्रो छ । यसको थर्ड जेनेरेशन अझै परिस्कृत भएर आएको छ । सबैभन्दा राम्रो यसकारे ह्यान्डलिङ रहेको छ । १२ सय सिसीमा सबैभन्दा बलियो इन्जिन रहेको छ भने सबैभन्दा राम्रो माइलेज पनि रहेको छ । पावर र माइलेज एकदम राम्रो छ । 

सुजुकीका १३ वटा सवै मोडेल राम्रोसँग बिक्री हुने गरेको छ । भितारा ब्रेजा पनि एकदम राम्रोसँग बिक्री भइरहेको छ । बलिनो पनि धेरै राम्रो रहेको छ । स्वीफ्ट पनि उपभोक्ताले एकदम राम्रोसँग बिक्री भइरहेको छ । सेलेरियो पनि उपभोक्ताले रुचाइरहेका छन् । सबै मोडल राम्रोसँग बिक्री भइरहेको प्रमुख बजार प्रवन्धक शाक्यको भनाई छ । 

दशैतिहार : सुजुकीको उपहारको बहार 

सिजी मोटोक्रपले यसबर्षको दशैतिहारका लागि विभिन्न अफर पनि ल्याएको छ । प्रत्येक सुजुकी गाडि खरिदमा बढी २ लाख सम्म छुटको व्यवस्था गरिएको छ भने स्क्रयाच कुपनमा थप १ लाख सम्मको उपहार राखिएको छ भने कार साट्दा पनि एक लाख उपहारको व्यवस्था गरिएको छ । नाडा अटो शोमा गाडि खरिद तथा बुकिङका लागि पनि बिशेष छुटको व्यवस्था गरिएको छ । सुजुकीको सबैभन्दा ससतो अल्टो देखि सबैभन्दा महंगो भिटारा ब्रेजासम्म रहेको छ । सुजुकीका गाडिहरु १५ लाख देखि ५५ लाखसम्मका गाडिहरु रहेका छन् । 

४ बर्ष वारेन्टी : ४१ सर्भिस सेन्टर

सुजुकीले हरेक गाडिमा ४ बर्षको वारेन्टी दिने गरेको छ । ४ बर्षसम्म गाडिको इन्जिनमा कुनै खरावी आयो भने कम्पनीले नै त्यसको जिम्मेवारी लिन्छ । ४ बर्षपछि पनि कम्पनीले गाडिको मर्मत संभारका लागि सुविधा दिएको छ । सुजुकीसँग नेपालमा सबैभन्दा धेरै सर्भिस सेन्टरहरु रहेकाले गाडिका उपभोक्ताहरुलाई सहज हुने गरेको छ । सर्भिस सेन्टर र स्पेयर पार्टसका लागि ४१ ठाँउमा रहेको छ । स्पेयर पार्टस पनि मंहगो छैन । हरेक सर्भिस स्टेशनान स्पेयर पार्ट्स पनि सजिलै उपलब्ध हुने व्यवस्था छ । 

फाइनान्स सुविधा  

किस्तावन्दीमा सबारी साधन खरिद गर्नेका लागि कम्पनी आफैले पनि फाइनान्सको सुविधा उपलब्ध गराउने गरेको छ भने बैंकसँग पनि साझेदारी गरेको छ । एभरेष्ट बैंकसँग ९ दशमलव ९ प्रतिशत ब्याजदरमा गाडि खरिदमा लागि समझदारी भएको छ । जुन अन्य सवारी खरिदका लागि गरिने भन्दा सस्तो ब्याजदर रहेको छ । सबैभन्दा कम व्याजदर पनि सुजुकीको महत्वपूर्ण सुविधा हो । किस्ताबन्दी सुविधा ५ बर्षदेखि ७ बर्षसम्मका लागि रहेको छ । 

कुन गाडि खरिद गर्ने भन्ने कुरा उपभोक्ताको अधिकारको कुरा हो । तर सुजुकी ब्रान्डका गाडिहरुमा धेरै सुविधाहरु रहेको छ । पाँच छ बर्षदेखि सबैभन्दा धेरै विक्री हुने ब्रान्डको रुपमा सुजुकी रहेको छ । उपभोक्ताले सुजुकी ब्रान्ड धेरै रुचाइरहेको कम्पनीको भनाई छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप