बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्रालयले मदिरा बिक्रीमा कडाई गर्ने

शुक्रबार, २९ भदौ २०७५, १३ : १०
शुक्रबार, २९ भदौ २०७५

काठमाडौं– सरकारले मदिरा बिक्री र सेवनमा कडाई गर्ने भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री रामबहादुर थापाले अनियन्त्रित मदिरा बिक्री र लागू औषधका कारण बलात्कारका घटना बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न गृहमन्त्रालयले आजदेखि नै कार्ययोजना ल्याउने उल्लेख गरे । 

उनले भने– ‘अनियन्त्रित मदिरा बिक्री र सेवनबाट महिला हिंसा बढेको छ । मदिरा र लागूऔषध विक्रीवितरण नियन्त्रणका लागि सरकारले आजैदेखि कार्ययोजना लागू गर्दैछ ।’ उनले सरकार महिला हिंसाबिरुद्ध शुन्य सहनशील रहेको उल्लेख गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप