बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

करिना र सैफ दोस्रो सन्तानको योजनामा

शुक्रबार, २९ भदौ २०७५, १३ : ०७
शुक्रबार, २९ भदौ २०७५

बलिउडकी नायिका करिना कपुर खान र नायक सेफ अली खानले दोस्रो सन्तानको योजना बनाइरहेको बताइएको छ । करिनाले दुई वर्षपछि दोस्रो सन्तानलाई जन्माउने योजना बनाइरहेको बताएकी छिन् ।

केही दिन अघि फिल्म क्रिटिक्स कोमल नहाटाको कार्यक्रममा यसबारे जानकारी दिएकी हुन् । कार्यक्रममा कोमलको प्रश्नको जवाफ दिँदै करिनाले भनिन्, ‘म र सेफ दोस्रो सन्तानको योजना बनाइरहेका छौं ।’

करिना आफ्नी निकै मिल्ने साथी अम्रितासँग उक्त कार्यक्रममा पुगेकी थिइन् । अम्रिताले करिना पुनः गर्भवती भए देश छोडेर जाने बताइन् । उनले भनिन्, ‘यदि करिना पुनः गर्भवती भइन् भने मलाई पहिले नै जानकारी देउ भनेकी छु किनभने यो खबर सुनेपछि म देश छोडेर जानेछु ।’

स्मरण रहोस्, करिनाले सन् २०१६ को डिसेम्बर २० मा छोरा तैमुरलाई जन्म दिएकी छिन् । तैमुर बलिउडको सबैभन्दा चर्चित स्टार किड हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप