शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियामा ट्याक्सीको ठक्करबाट बझाङका ३० वर्षीय बोहोराको मृत्यु

शुक्रबार, २९ भदौ २०७५, १३ : ००
शुक्रबार, २९ भदौ २०७५

बैतडी– सडक दुर्घटनामा परी मलेसियामा आज एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ्गको केदारस्युँ गाउँपालिका– ५ बाँझका ३० वर्षीय मानबहादुर बोहोरा रहेका छन् । 

कोठाबाट कामका लागि कम्पनीतिर गइरहेका बेला जोहोरबारुमा सडक पार गर्ने क्रममा ट्याक्सीले ठक्कर दिएर गम्भीर भएका बोहोराको उपचारका क्रममा आज बिहान ७ बजे एक स्थानीय अस्पतालमा मृत्यु भएको मलेसियाबाट रमेश साउदले जानकारी दिए ।

बोहोरा विगत सात वर्षदेखि मलेसियाको सिनामो (सोफा) कम्पनीमा कार्यरत रहेका थिए । मृतक बोहोराको शव नेपाल ल्याउने तयारी गरिएको छ । मलेसियामा सडक पार गर्ने क्रममा धेरै नेपालीले अकालमै ज्यान गुमाउनुपरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप