अब सातै प्रदेशमा प्रहरी विद्यालय
काठमाडौँ । नेपाल प्रहरीले सात प्रदेशमा प्रहरी आवासीय विद्यालय स्थापना गर्ने भएको छ । प्रहरी अधिकृत तथा जवानका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सातै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्न लागिएको हो ।
पहिला पाँच विकास क्षेत्रमा स्थापना भएको प्रहरी विद्यालय देश सङ्घीयतामा गएपछि सातै प्रदेशमा हुने गरी बाँकी दुई प्रदेशमा थप गर्न लागिएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए ।
“जेठ २७ को मन्त्रिपरिषद्को बैठकअनुसार सबै प्रदेशमा प्रहरी विद्यालय पु¥याउने लक्ष्यअनुसार प्रदेश ३ को (भरतपुर) चितवन र कर्णाली प्रदेशको (छिन्चु) सुर्खेतमा प्रहरी विद्यालय स्थापना गर्न लागेका हौँ”, उनले भने ।
प्रदेश १ को धरान (सुनसरी), प्रदेश २ को गरुढा (रौतहट), गण्डकी प्रदेशको को बेलचौतारा (तनहुँ), प्रदेश ५ को घोराही (दाङ) र प्रदेश ७ को धनगढी (कैलाली) का प्रहरी विद्यालयमा विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन् ।
सबै प्रदेशमा माध्यामिक तहसम्म पढाइ हुनेछ । प्रहरी विद्यालय साँगामा उच्च माध्यामिक तहसम्मको पढाइ हुँदै आएको छ । दुई प्रदेशमा विद्यालय थप गरेपछि प्रहरीबाट सञ्चालित नौ विद्यालय हुनेछन् ।
प्रहरी प्रधान कार्यालयले नयाँ बन्ने प्रहरी विद्यालयका लागि प्रहरी निरीक्षकको नेतृत्वमा २५ दरबन्दीसमेत निकाशा गरिसकेको छ । सबै प्रदेशमा विद्यालय स्थापना भएसँगै विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ । हाल देशभर सात प्रहरी विद्यालयमा झण्डै छ हजार विद्यार्थी अध्ययन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा