बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल-भारत सीमामा संयुक्त गस्ती

शुक्रबार, २९ भदौ २०७५, ०९ : ३७
शुक्रबार, २९ भदौ २०७५

नवलपरासी - पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार नेपाल र भारतीय सीमा सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गरेका छन् । 

सीमामा भइरहेको बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट र सीमा बल एसएसबी झुलनीपुरले सीमास्तम्भ सङ्ख्या ४९९ देखि ५०० स्तम्भ सङ्ख्यासम्म संयुक्त गस्ती गरेकोे सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी प्रसौनीले जनाएको छ । 

सशस्त्र प्रहरी नायब निरीक्षक विश्वजित खवासको नेतृवमा रहेको नेपाली टोली र भारतीय सशस्त्र सीमा बल एसएसबीको सशस्त्र प्रहरी निरीक्षक रमेशकुमार ग्वालाको नेतृत्वमा रहेको संयुक्त टोली गस्तीमा सहभागी थिए । 

गस्तीका क्रममा सीमास्तम्भको अवस्था र सीमा अतिक्रमणका साथै सीमाको किनारमा बस्दै आएका बासिन्दाको सुरक्षा समस्याबारे छलफल गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप