बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अदालतले सुनाएको ५० वर्षको जेल सजायँ कुकुरका कारण टर्‍यो

शुक्रबार, २९ भदौ २०७५, ०९ : ०८
शुक्रबार, २९ भदौ २०७५

बीबीसी

अमेरिकाको ओरेगनमा सन् २०१७ मा जोशुआ हार्नरलाई अदालतले बाल यौन शौषणको मामलामा दोषी ठहर गर्यो ।

तर एक कुकुरका कारण यो घटनामा नयाँ मोड आयो र हार्नर ५० वर्षको सजायँबाट मुक्त भए ।

यो सबै एक ल्याब्राडोर कुकुर ‘लुसी’ का कारण भएको थियो ।

४२ वर्षका हार्नरमाथि एक बालिकालाई यौन शोषण गरेको र प्रमाण मेटाउनका लागि लूसीलाई गोली हानिएको आरोप लागेको थियो ।

तर पछि लूसी आफ्ना नयाँ मालिकसँग भेटिएपछि हार्नर सजायँबाट बचेका हुन् ।

‘लूसी जीवित भेटिइन्’:

मूल केसको सुनुवाईको क्रममा पनि अदालतले सर्वसम्मत निर्णय दिएको थिएन । गैर नाफामुलक कानूनी संस्था आरेगन इनोसेन्स प्रोजेक्टले हार्नरको मुद्दाको समिक्षा गरिरहेको थियो जसमा विभिन्न त्रुटी पाइएका थिए ।

अप्रिलमा उक्त संस्थानले स्थानीय सरकारी वकिल जोन हमलसँग मिलेर मुद्दामाथि काम गरिरहेका थिए ।

प्रश्न यो पनि थियो कि लूसी आखिर कहाँ गइन् । हार्नरले लूसी जिउँदो भएको र उनले लूसीलाई मार्ने कोसिस नगरेको बताउँदै आएका थिए ।

हार्नरको यो दाबी पछि संस्थान र सरकारी वकिलका कार्यालयका अधिकारीले लूसीलाई खोज्न अत्यधिक प्रयास गरे ।

अन्ततः समूहले आरेगन कोस्टमा लूसी र उनका मालिकलाई खोजेरै छाडे ।

संस्थानका अधिकारी क्रिस्टनका अनुसार लूसीको पहिचान उनको बाहिरी आवरण र अन्य प्रमाणको आधारमा गरिएको थियो ।

लूसी भेटिएपछि बालिकाले गलत बयान दिएको प्रमाणित भएपछि हार्नरलाई रिहा गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप