एनसेलको ‘रिचार्ज एण्ड विन’ अफर, पहिलो हप्ता १० भाग्यशालीले जिते जनही एक लाख
काठमाडौ । एनसेल प्राईभेट लिमिटेडले नजिकिदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत पहिलो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । ‘रिचार्ज एण्ड विन’ १० हप्ता सम्ममा संचालनमा रहने अफर हो ।
पहिलो हप्ताका विजेताहरु मंगलबार (भाद्र २६ गते) एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रशारण मार्फत छानिएका हुन् । १० भाग्यशाली विजेता ग्राहकहरु मध्ये दुई जनाले बिहिबार जनही नगद एक लाख पुरस्कार पाएका छन् ।
एनसेलका सेक्युरिटी तथा जेनेरल सर्भिसेज् निर्देशक महेन्द्र कुमार भट्टचनले काठमाडौंमा आयोजित एक कार्यक्रम माझ दुई विजयीहरु झापाका जाकिर हुसैन र नुवाकोटका हरि श्रेष्ठलाई बिहिबार जनही एक लाख नगद पुरस्कार प्रदान गरे् ।
‘रिचार्ज एण्ड विन’ अफर भाद्र १७ गतेबाट संचालनमा रहेको छ । यस योजनामा सप्ताहभर १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्छन् ।
यो योजना अन्र्तगत प्रत्येक विजयीले खुद एक लाख नगद पुरस्कार पाउँछन् यो योजना अन्र्तगत प्रत्येक विजयीले खुद एक लाख नगद पुरस्कार पाउँछन् र यसमा लाग्ने कर कम्पनीले नै व्यहोर्ने छ । ग्राहकले आइतबार देखि शनिबार सम्मको अबधिमा गरेको प्रत्येक १०० बराबरको रिचार्जका आधारमा उनीहरुले एसएमएस मार्फत एउटा कोड प्राप्त गर्छन् ।
उदाहरणको लागि ग्राहकले आइतबार देखि शनिबार सम्ममा २५० को रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबार सम्ममा एसएमएस मार्फत दुई वटा विशेष कोडहरु प्राप्त गर्छन् । प्रत्येक हप्ताको १० भाग्यशाली ग्राहकहरुको छनौट प्रत्यक्ष प्रशारणमा हुने लाइभ ड्र कार्यक्रम मार्फत गरिनेछ । चर्चित व्यक्तित्वहरुको उपस्थितीमा हुने सो कार्यक्रम मंगलबार साँझ ७ः०० बजे एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
-
१६ औँ पञ्चवर्षीय योजना सनातनी र परम्परागत भयो: उपप्रधानमन्त्री यादव
-
शिव र मनिलालाई छिन्नलता पुरस्कार
-
शिक्षा मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण
-
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई
-
अब मोबाइल एप मोबैंकबाट सजिलै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने