शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सामसङको ग्यालेक्सी ए८ स्टार सार्वजनिक, इन्फिनिटी डिस्प्ले र ड्यूल इन्टिलेक्यामको विशेषता

बिहीबार, २८ भदौ २०७५, १८ : ५२
बिहीबार, २८ भदौ २०७५

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्स नेपालले आज क्यामरा र परफरमेन्स प्रेमीहरुलाई लक्षित गरेर  ग्यालेक्सी ए८ स्टार सार्वजनिक गरेको छ ।

एकदमै पातलो डिजाइन एग्रोनोमिक पकड भएको सो फोनमा शक्तिशाली दुई इन्टिलेक्याम क्यामरा र अझ विकसित स्मार्ट फोनका विशेषताहरु छ जसले ग्यालेक्सी ए८ स्टारले प्रयोगकर्तालाई स्व–अभिव्यक्तिको उच्चत्तम स्मार्टफोनको अनुभूति दिलाउँनेछ । 

ग्यालेक्सी ए८ स्टारको फिचरहरुमा ६.३ फूल एचडी प्लस सुपर इन्फिनिटी डिस्प्ले रहेको छ जसमा १८.५.९ एसपेक्ट रेसियो रहेको छ । यसले प्रयोगकर्तालाई इम्प्रेसिभ र इनगेजिङ अवलोकनको अनुभूति दिने कम्पनीको दावी छ । ग्यालेक्सी ए८ स्टारमा १६ एमी र २४ एमपीको दुई इन्टेलक्याम रहेका छन् ।  

दुवै क्यामरा कम प्रकाशमा गरिने फोटोग्राफीको लागि एफ१.७ एपरेचर सहित आएका छन् । थप यसमा २४ एमीको क्यामरा जसमा एफ२.० एपरेचर रहेको इम्पे्रसिभ फ्रन्ट क्यामरा पनि रहेको छ । ग्यालेक्सी ए८ स्टार पहिलोपटक दुईवटा इन्टिलिक्याम विशेषता सहित आएको छ जसलाई जो कोहीलाई पनि व्यवसायिक फोटो ग्राफर वनाउन सक्छ । यसले जुनसुकै समयमा, जहाँसुकै ठाउँ र जस्तोसुकै प्रकाशमा गतिलो फोटो खिच्ने अवसर प्रादन गर्दछ । 

अलवेज अन डिस्प्लेले प्रयोगकर्तालाई आफ्नो फोन अनलक नगरीकन एक दृश्यमा नै आफूले चाहेको सूचनाहरु हेर्न सक्ने विशेषता प्रदान गरेको छ । यसमा दुईवटा म्यासेन्जरको सुविधा रहेको । त्यसैले प्रयोगकर्ताले आफ्नो फो्न दुईवटा फरक म्यासेन्जर एकाउन्ट खोल्न सक्नेछन् र फोनमा जस्तै प्रयोगकर्ताले कार्यालय र व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न सक्नेछन् ।

यसमा ३,७०० एमएच व्याट्री रहेको छ जो एकदमै टिकाउ, लामो समयसम्म प्रयोग गर्न सकिनेछ । स्लीक, क्लासी ग्लास र मेटल फ्रेममा प्याक गरिएको सो फोनमा ६ जिवी र्याम र ६४ जीवी आन्तरिक भण्डारण क्षमता रहेको छ जसमा माइक्रो एसडी कार्डको प्रयोगले ४०० जीवीसम्म विस्तार गर्न सकिन्छ । 

ग्यालेक्सी ए८ स्टार ग्यालेक्सीको सबै रिटेल पसलमा उपलब्ध हुनेछ । यो मिडनाइट कलर र आइभोरी सेतो कलरमा उपलब्ध हुनेछ र यसको मुल्य ५९९९० रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप