मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दुई पाङ्ग्रेमा युवाको क्रेज : आधा करोडसम्मका बाइक, यस्ता छन् छुट र अफरहरु

बिहीबार, २८ भदौ २०७५, १८ : ३२
बिहीबार, २८ भदौ २०७५

काठमाडौँ । नाडा अटो शो २०१८ को आज तेस्रो दिन पनि भृकुटीमण्डपमा सवारी साधन पारखीहरुको उल्लेख्य उपस्थिति रहेको छ ।  

यसअघि हामीले नाडा अटो शोमा राखिएको चारपाङ्ग्रे सवारी साधानको बारेमा जानकारी गराएका थियौ ।

आज हामीले नाडा अटोशोका सबै दुइपाङ्ग्रे सवारीमा पुगेर कुन ब्राण्डको बाइक तथा स्कुटरको मूल्य कति छ, नाडा अटो शोमा बाइक तथा स्कुटर खरिद गर्न चाहनेलाई सम्बन्धित कम्पनीले के कस्तो सुबिधा दिएको छ भनेर बुझ्न खोजेका छौ । 

हार्ली डेभिडसन : मूल्य ४५ लाख ८५ हजार

यसले यही नाडा अटो शोबाट नयाँ बाइक लञ्च गरेको हो । आइरन ८८३ मोडलको यस बाइकको मूल्य ४५ लाख ८५ हजार रुपैयाँ तोकिएको छ । नाडा अटोशोमा बुकिङ गर्नेका लागि ८५ हजार रुपैयाँसम्मको छुटको व्यवस्था गरिएको छ ।

यसको आधिकारिक बिक्रेता आइएमई समुह अन्र्तगतको आइएमई अटोमोटिभ्स प्रालि हो । अमेरिकन ब्राण्डको हार्ली डेभिडसनको लागि ७ जनाले बुकिङ गरिसकेका छन् । यो अहिले बुकिङ मात्र गर्न पाइनेछ । बिक्री भने अक्टोबर १ बाट हुनेछ ।

२३ लाखसम्मको एसडब्लुएम इटालियन बाइक

यसले नेपालमा पहिलो पटक नाडा अटो शो मार्फत नै बाइक लन्च गरेको छ । एसडब्लुएमको तिनवटा मोडल प्रर्दशनीमा छन् । सिल्भर भेस ४४० सिसिको बाइको मूल्य साढे १४ लाख रुपैयाँ तोकिएको छ ।

 यस्तै आरएस ३०० आर इन्डुरो बाइकको मूल्य १६ लाख रुपैयाँ रहेको छ । यो विश्वको टपटेन बाइक अन्र्तगत पर्ने कम्पनीले जनाएको छ । सुपर डायल ६०० सिसीको २३ लाख रुपैयाँ रहेको छ । 

नाडा अटो शोमा यी बाइकहरु बुकिङ गर्नेलाई ५० हजार बराबरको राइडिङ वेयर उपलब्ध गराउनेछ । 

हालसम्म ८ वटा बाइक बुकिङ भइसकेको छ जसमा धेरै जसो सिल्भर भेस रहेका छन् । 

अटोशोमा बाइक प्रतिको प्रतिक्रियाका लागि प्रदर्शनीमा राखिएको कम्पनीले भनेको छ । 

एनआइयू विद्युतीय स्कुटर

यस पटकको नाडा अटो शोको विशेषता भनेको विद्युतीय सवारी साधन पनि हो । इको इन्फिनीटि प्रालिले एन सिरिज र एम सिरिजका स्कुटरहरु प्रर्दशनीमा राखेको छ । 

एन सिरिजका स्कुटरको मूल्य २ लाख ४९ हजार रुपैयाँ देखि २ लाख ५५ हजार रुपैयाँ सम्म रहेको छ भने एम सिरिजका स्कुटरको २ लाख २९ हजार रुपैयाँ देखि २ लाख ३५ हजार रुपैयाँसम्म मूल्य निर्धारण गरिएको छ । यी दुबै सिजिका स्कुटरमा ५ हजार सम्मको छुट निश्चित छ । 

स्कुटर खरिदमा नगद पुरस्कार ८ हजार, १५ हजार र २५ हजार रुपैयाँ राखिएको छ । दुई दिनसम्ममा ७ वटा स्कुटर शो मा बुकिङ भइसकेको कम्पनीले जनाएको छ । 

साथै कम्पनीले १२ प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा पनि दिएको छ । सेञ्चुरी बैंक, हिमालयन बैंक र नबिल बैंकबाट फाइनान्सिङ सुविधा छ । दुई वर्षको इन्स्टलमेन्ट सुविधा रहेको छ ।

मियामा विद्युतीय स्कुटर

मियामाका पाँच वटा मोडलका स्कुटर नाडा अटो शोमा देख्न पाइन्छ । यसको सबैभन्दा सस्तो एसडिआइ मोडलको स्कुटर हो जसको मूल्य १ लाख ३९ हजार रुपैयाँ निर्धारण गरिएको छ । 

सबैभन्दा महंगो भनेको टिएन—६ मोडलको स्कुटर हो जसको मूल्य १ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । मेलामा स्कुटर खरिद तथा बुकिङ गर्नेलाई १० हजार नगद छुट साथै  हेल्मेट र रेनकोट उपलब्ध गराउँने कम्पनीले जनाएको छ । 

यसले एनआइसी एसियाबाट शून्य प्रतिशत ब्याजदरमा एक बर्षको लागि फाइनान्सिङ सुविधा उपलब्ध गराएको छ । फाइनान्स सुविधाबाट स्कुटर लिनेलाई भने नगद छुटको व्यवस्था छैन । 

२ दिनमा ६ वटा स्कुटर बुकिङ भएको कम्पनीले जनाएको छ । यसको नेपालका लागि आधिकारिक बिक्रेता मियामा मोटर्स प्रालि हो । 

मोटरहेड कम्पनीको बाइक ३ लाख ३५ हजारसम्म

मोटरहेटले ३ वटा मोडलको बाइकलाई प्रदर्शनीमा राखेको छ । मोट्रयाक मोडलको बाइकको मूल्य २ लाख ४० हजार देखि २ लाख ८५ हजार रुपैयाँसम्म रहेको छ । 

टेकेन स्पोर्टको ३ लाख ३५ हजार मूल्य निर्धारण गरिएको छ । मेलामा सबैभन्दा पहिले पूरै पैसा दिएर बाइक खरिद गर्ने एक जनालाई थाइल्याण्ड भ्रमणको व्यवस्था गरेको कम्पनीबाट एक जनाले थाल्याण्ड भ्रमणको कुपन समेत हात पारिसकेका छन् ।  

यस्तै मेलालाई फोकस गरेर कम्पनीले ५ हजार देखि ४५ हजारसम्मको नगद छुटको व्यवस्था गरेको छ । जति रकमको छुटको कुपन पर्छ त्यसमा पाँचहजार कम्पनीले फेरि थपिदिने छ । 

यसले पनि सहकारीमार्फत फाइनान्सिङको सुविधा दिएको छ जसमा १६ देखि १८ प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । 

हालसम्म ८ वटा बुकिङ भइसकेको छ । यसको नेपालका लागि आधिकारिक बिक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रालि हो । 

एफटेक मोटर्सको ५ लाख ९९ हजार रुपैयाँसम्मका बाइक   

एफटेक मोटर्स बिलकुनै नयाँ अराइभल हो । यहि अटोशोबाट नेपालमा लञ्च भएको हो । यसले ६ वटा मोडललाई प्रदर्शनीमा राखेको छ । 

रोयल ११० सिसिको सबैभन्दा कम मूल्यको यसको बाइक हो । जसको मूल्य १ लाख ६९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ । सबैभन्दा महंगो भनेको यसको जोनटेक २५० सिसिको हो । 

जसको मूल्य ५ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ ।  यसको आधिकारिक वित्तरक म्याक्स भिजन प्रालि हो । 

यसको हालसम्म ९७ वटा प्रि बुकिङ भइसकेको छ । एपटेकको खरिदमा ५ हजार देखि १० हजार रुपैयाँसम्मको नगद छुट रहेको छ । 

युएमको बाइक खरिदमा थाइल्याण्ड घुम्ने अफर

नाडा अटो शोलाई लक्षित गरेर यूएम बाइकको खरिदमा प्रत्येकलाई थाइल्याण्ड ट्रिपको व्यवस्था छ । तर अटो शोमा नै पुरा पैसा भुक्तानी गरेर यसको बाइक खरिद गरेको हुनुपर्नेछ ।

यसले तीनवटा मोडलको बाइक प्रस्तुत गरेको छ । डिएसआर २३० सिसिको ४ लाख ३५ हजार, एडभेन्चर टिटिको मूल्य निर्धारण गरिएको छैन भने कमाण्ड ३०० सिसिको ६ लाख १४ हजार रुपैयाँ निर्धारण गरिएको छ । 

५० प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङ सुविधा पनि छ । १६ प्रतिशत ब्याजदरमा मनिग्राम  फाइनान्सबाट २ वर्षको लागि फानान्सिङ सुविधा रहेको छ ।

हिरोको एक्सट्रिमको नयाँ आगमन, २ लाख ८५ हजार मूल्य

हिरोले एक्सट्रिम२० आर मोडलको दुइपाङ्ग्रे सार्वजनिक गरेको छ । यसको मूल्य २ लाख ८६ हजार ५०० रुपैयाँ तोकिएको छ । मेलामा तीनवटा मोडल राखिएका छन् । 

यसको स्कुटरमा ८ हजार नगद छुट छ भने मोटरसाइकलमा ६ हजार रुपैयाँ नगद छुटको व्यवस्था गरिएको छ । यसले पनि फाइनान्सिङ सुविधा दिएको छ । स्कुटरमा ७ प्रतिशत ब्याजदर र मोटरसाइकलमा १० प्रतिशत ब्याजदरमा २ वर्षको लागि फाइनान्सिङ सुविधा छ । ३० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्नेछ । 

केटीएमका बाइक

केटीएमले ५ वटा मोडलको बाइकलाई नाडा अटोशोमा प्रर्दशनीमा राखेको छ ।

यसको ड्युक २०० सिसिको ४ लाख ९९ हजार ९०० रुपैयाँ छ भने सबैभन्दा महंगो ८ लाख १९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

यसले ५ हजारसम्मको छुटको व्यवस्था गरेको छ । यसको आधिकारिक बिक्रेता हुलास इन्भेष्टमेन्ट प्रालि हो । 

रोयल इन्फिल्ड २० वटा बुकिङ

यसले ५ वटा मोडल मेलामा राखेको छ । क्लासिक ३५० सिसिको ५ लाख १५ हजार रुपैयाँ रहेको छ । थन्डरब्राइडलाई शुक्रबार (भोलि) लन्च गर्ने कम्पनीले जनाएको छ । 

हिमालयनको मूल्य ६ लाख २५ हजार रुपैयाँ रहेको छ । यसले ४० देखि ५० प्रतिशतसम्म डाउन पेमेन्ट लिएर १५ प्रतिशत ब्याजदरमा लुम्बिनी विकास बैंकमार्फत २ वर्षे अवधिको फाइनान्सिङ सुविधा उपलब्ध गराउनेछ । 

हरेक बाइकको खरिदमा लेगगार्ड, हेल्मेट र र्याफ्टिङ टिक उपलब्ध गराउँनेछ । रोयर इन्फिल्डको एलेक्ट्रा ३५० सिसि, क्लासिक ५०० सिसि, क्लासिक क्रोम ५०० सिसिको रहेको छ । 

एप्रिलाको स्कुटर बुकिङ गर्ने पहिलो पाँच जनाले देशभर घुम्न पाउने  

एप्रिलाको स्कुटर खरिद गर्न बुकिङ गर्ने पहिलो पाँच जनाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म घुम्न पाउनेछन् । यसले तीन वटा मोडलको स्कुटर राखेको छ ।

यसले २ लाख ४० हजार ९० रुपैयाँ देखि २ लाख ८८ हजार ९०० रुपैयाँसम्मको तीन वटा मोडलको स्कुटर मेलामा राखेको छ ।

एसआर १२५ सिसिको २ लाख ४० हजार ९०० र एसआर १५० रेस एडिसनको २ लाख ८८ हजार ९०० रुपैयाँ तोकिएको छ ।

यसले अर्थसेभिङ एण्ड को—अपरेटिभबाट १७ प्रतिशत बयाजदरमा १ वर्षको लागि फाइनान्सिङ सुविधा उपलब्ध गराउँने व्यवस्था गरेको छ ।

हालसम्म यसको चारवटा स्कुटर बुकिङ भएको छ । शुरुमा ५० प्रतिशत डाउनपेमेन्ट तिर्नुपर्नेछ । 

भेस्पाको ३ वटा मोडल 

भेस्पाको  भिएक्सएल १२५ र १५० सिसि, एसएक्सएल १२५ र १५० सिसि, एलएक्स १२५ सिसि, एलिजेन्ट मोडलको रहेको छ । 

यसको २ लाख ५९ हजार ९४६ रुपैयाँ देखि  ३ लाख ९५ हजार ९४६ रुपैयाँसम्मको स्कुटर रहेका छन् । 

४० प्रतिशत डाउन पेमेन्टमा होण्डाको बाइक र स्कुटर 

यसले ५ वटा मोडलका बाइक बेच्नका लागि  र ९ वटा देखाउनको लागि अर्थात ग्राहकको प्रतिक्रियाको लागि स्टलमा राखेको छ । 

सबै बाइक तथा स्कुटरमा ४० प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङ सुविधा दिएको छ । 

सिबिआार २५० सिसिको बाइकको मूल्य ६ लाख रुपैयाँसम्म राखेको छ । 

बेनेलीको बाइकमा ५० हजारसम्म छुट

बेनेलीको टिआरके ५०२ मोडलको बाइकको मूल्य १७ लाख रुपैयाँ हो ।  टिएनटी १३५ को २ लाख ७५ हजार रुपैयाँ रहेको छ । बेनेलीको सबैभन्दा कम मूल्यको बाइक भनेको यहि हो ।

यसले विभिन्न ५ वटा मोडलको बाइक राखेको छ । ४० प्रतिशत डाउनपेमेन्ट गर्न मिल्ने गरी फाइनान्सिङ सुविधा दिइएको छ । 

लुम्बिनी विकास बैंकबाट ३ वर्षे अवधिको लागि १४ प्रतिशत ब्याजदरमा  फाइनान्सिङ सुविधाको व्यवस्था गरिएको छ । यसको हालसम्म २ वटा बुकिङ भइसकेको छ । 

मेलामा बाइक खरिद गर्नेलाई ५ हजार देखि ५० हजार रुपैयाँ सम्मको छुटको व्यवस्था गरिएको छ । 

१७ लाख ५० हजार रुपैयाँसम्मको सिएफ मोटो

सिएफ मोटोको ६ वटा मोडलका बाइकहरुलाई मेलामा देख्न सकिन्छ । ६५० एमटि मोडलको १७ लाख ५० हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यो सिएफको सबैभन्दा महङ्गो बाइक हो ।

२ लाख ४१ ह्जार ५०० रुपैयाँ देखिका बाइक यहाँ पाइन्छ । 

५० प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङ सुविधा छ । 

यो बाइक अष्ट्रियामा बनेको हो । 

यामाहाको १ लाख रुपैयाँसम्म स्क्रयाच अफर

यामाहाले ५ वटा मोडलको बाइक तथा स्कुटर मेलामा राखेको छ । 

यसको रे जेटआरको २ लाख ३ हजार ९००, फ्यासिनोको २ लाख १ हजार ९००, एफजेटएस एफअँइडिडिको २ लाख ८५ हजार ९००, एफजेट २५ को ३ लाख ८९ हजार ९०० रुपैयाँ र आर३ को ९ लाख २४ हजार ९ सय रुपैयाँसम्म मूल्य निर्धारण गरिएको छ । 

यसले ७ हजार देखि १ लाख रुपैयाँसम्मको स्क्याच अफर ल्याएको छ । एमडब्लु इन्भेष्टमेन्ट प्रालिबाट १६ प्रतिशत ब्याजदरमा २ वर्षे अवधिको फाइनान्सिङ सुविधाको वयवस्था गरेको छ । जसको लागि ४० प्रतिशत रकम शुरुमा तिर्नुपर्नेछ । 

प्रर्दशनीमा बजाजका पाँचवटा मोडलका बाइक 
बजाजका पाँचवटा मोडलका बाइक नाडा अटोशोमा देख्न सकिन्छ । डोमिनार मोडलको २०० एनएस, २२० एफ र १६० न्यू रहेको छ । पल्सरको १५० आरटिडी र १६० एनएस रहेको छ ।  

यसले पनि हरेका मोडलको खरिदमा ६ हजार देखि एक लाख रुपैयाँसम्मको स्क्रयाच कुपनको व्यवस्था गरेको छ । 

१ लाख १२ हजार देखि  ७ लाख ७९ हजारसम्मका टिभिएसका बाइक तथा स्कुटर

टिभिएसले ९ वटा मोडलको स्कुटर र ११ वटा मोडलको मोटरसाइकललाई मेलामा रोखेको छ । यसको सबैभन्दा सस्तो १ लाख १२ हजार ९०० रुपैयाँको एक्सएल १०० स्कुटर हो । 

सबैभन्दा महङ्गो टिभिएस अपाच्यी आरआर ३१० सिसिको ७ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ । यो हिजो भर्खर मात्र जगदम्बा अटो ग्रुपले सार्वजनिक गरेको छ । 

टिभिएसका सबै मोटरसाइकल तथा स्कुटरमा ३० प्रतिशत डाउन पेमेन्टको व्यवस्था गरिएको छ । 

यसमा फाइनासिङ सुविधा पनि छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप