शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुश्लिम महिलाका लागि हलाल सेक्स गाइड !

बिहीबार, ०५ साउन २०७४, ०९ : ४९
बिहीबार, ०५ साउन २०७४

बीबीसी

मुस्लिम महिलाले आफ्ना श्रीमानसँग कसरी आफ्नो सेक्स जीवन बिताउने ? यस्तो दाबी गर्ने किताब इ–कमर्स वेबसाइट अमेजनमा बिक्रि भइरहेको छ र यसबारे विवाह पनि सुरु भएको छ ।

‘द मुस्लिमाह सेक्स म्यानुअलः अ हलाल गाइड टू माइन्ड ब्लोइंग सेक्स’ नामबाट सार्वजनिक भएको यो किताबकी लेखिकाले आफ्नो नाम सार्वजनिक गरेकी छैनन्  र विषयको संवेदनशीलतालाई हेर्दै एक छद्म नाम प्रयोग गरेका छन् ।

तर बेलायती पत्रिकाले लेखिकाको अन्तर्वार्तामा छापेको छ । बेलायती ‘द अब्जरवर’ पत्रिकाका अनुसार यसकी लेखिका मुस्लिम हुन् ।

पत्रिकामा उनीबारे योभन्दा बढि जानकारी दिइएको छैन र यसका लागि लेखिका आफैंले आफ्नो पहिचान नखुलाउन आग्रह गरेको बताइएको छ ।

किताबको आलोचनाः

लेखिकाले अन्तर्वार्तामा किताब लेख्ने कारण पनि बताएकी छिन् । उनका अनुसार धेरै मुश्लिम महिला, विशेषगरी पारम्परिक महिलालाई सेक्सबारे धेरै ज्ञान नै छैन ।

मुश्लिम महिलाको जीवनमा खुसी ल्याउन चाहेको भन्दै लेखिकाले उक्त किताब लेखेको उनले दाबी गरेकी छिन् ।

बेलायती पत्रिका ‘टेलिग्राफ’ सँगको कुराकानीमा लेखिका शेलिना जनमोहम्मदले मुश्लिम महिलासँग जोडिएको मिथलाई तोड्ने र उनीहरुलाई विश्वास दिलाउनमा यदि उक्त किताबले मद्दत गर्दछ भने यसको स्वागत गर्नुपर्छ ।

यद्यपी, किताबको आलोचना पनि भइरहेको छ र केहीले यसलाई महिलाको पारम्परिक छविलाई गिज्याएको र उनीहरुको शरिरलाई उपभोक्तावादी दृष्टिकोणले हेरिएको आरोप लगाइएको छ ।

सबै ध्यान महिलामाथिः

टेलिग्राफलाई दिइएको अन्तर्वार्तामा उनी भन्छिन्, ‘यो किताबको विषयमा मलाई थुप्रै मानिसहरुले इ–मेलमार्फत आफ्नो समर्थन व्यक्त गरेका छन् । एक मस्जिदका इमामले मलाई नवविवाहितलाई उक्त किताबले दिने बिचार गरिरहेको बताएका थिए ।’

उक्त किताब सम्पूर्ण रुपमा महिलामा मात्र केन्द्रित भएको र यसमा पुरुषलाई नजरअन्दाज गरिएकोमा केहीले आपत्ति जनाएको उनले जानकारी दिइन् ।

बेलायती पत्रिका ‘द अब्जर्भर’ का अनुसार मुस्लिम महिला संगठनले किताबको तारिफ गर्दै मुश्लिम महिलाको सेक्सका कारण बिग्रने संघारमा रहेको सम्बन्धलाई बचाउन आवश्यक भएको बताएको छ ।

बेलायतमा मुस्लिम वुमन्स नेटवर्कका चीफ शाइस्ता गोहिर भन्छन्, ‘म पूर्ण रुपमा यसको पक्षमा छु । सेक्सबारे कुरा गर्नु कुनै नौलो कुरा होइन । अतितमा वैज्ञानिकले पनि सेक्समा महिलाको यौनसुखको महत्वबारे कुराकानी गरिसकेका छन् । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप