शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महिलालाई बन्धक बनाई राख्ने पक्राउ, पीडितको सकुशल उद्धार

बिहीबार, २८ भदौ २०७५, १२ : ५५
बिहीबार, २८ भदौ २०७५

सुनसरी-  महिलालाई बन्धक बनाई राखेको अभियोगमा मोरङ सुन्दर हरैचा नगरपालिका–१ बस्ने ३८ वर्षीय मोहन पोख्रेललाई प्रहरीले पक्राउ गरेको छ ।

        ईटहरी उपमहानगरपालिका–१२ खनारस्थित रिलाईन्स फ्याक्ट्रीबाट काम गरी घर फर्कने क्रममा मोरङ सुन्दर हरैचा नगरपालिका–११ घर भएकी २८ वर्षीया सानु घिमिरेलाई पोख्रेलले मंगलबार अपहरण गरेका थिए ।

      उक्त घटनाको जानकारी प्राप्त भएपछि १ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङ बबिया बिर्ताबाट बुधबार पोख्रेललाई पक्राउ गर्नुको साथै पीडित महिलाको उद्धार गरेको हो ।

        यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप