बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नाडा अटो शोमा टिभिएस एनर्टक १२५ स्मार्ट कनेक्टेड स्कुटर सार्वजनिक

बिहीबार, २८ भदौ २०७५, १२ : २१
बिहीबार, २८ भदौ २०७५

काठमाडौं । टीभीएस टू ह्वीलको लागि नेपालको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले स्मार्ट कनेक्टेड स्कुटर एनटर्क १२५ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले भृकुटीमन्डपमा आयोजित नाडा अटो शो २०१८ मा उक्त स्कुटर सार्वजनिक गरेको हो ।

युवा वर्गको लागी लक्षित गरेर डिजाइन गरिएको एनर्टक स्कुटर टिभिएस रेसिङ प्लेटफर्मका साथ ३ भल्ब इन्जिन युक्त रहेको छ  । एनर्टक १२५ टेक्नोलोजी प्लेटफर्म टिभिएस स्र्माट कनेक्टले यो स्कुटरलाई कनेक्टेड स्कुटरमा परिभाषित गरेको छ । यसको सुरुवाती मूल्य २,२४,९०० रहेको छ ।

टिभिएस एनर्टक १२५ सार्वजनिक कार्यक्रममा बोल्दै टीभीएस मोटर्सका रिजनल विजनेश हेड एस अरुण कुमारले टिभिएसले आफ्ना उत्पादनहरु अत्यन्तै महत्वका साथ उत्पादन गर्ने गरेको जुन ग्राहकका लागी अनिवार्य रहेको बताए ।

उनले भने, ‘टिभिएस एनर्टक निकै  आर्कषक तथा फिचरको धनि स्कुटरको रुपमा नेपाली युवामाझ ल्याएका छौ । यसले नेपाली उपभोक्तको मन जित्ने छ । यो स्कुटर सेग्मेन्टमा नै पहिलो डिजिटल कन्सोलको प्रयोग भएको स्मार्ट स्कुटर हो ।’ 

टिभिएस एनर्टक १२५ले टिभिएस रेसिङ पेडिग्रीका कारण उच्च प्रदर्शन गर्नेछ । बिगत ४ बर्षदेखि लगातार द रेसिङ च्याम्पियनशिप जितेर टिभिएस रेसिङ स्कुटर टिमले रेकर्ड कायम राखेको छ । टिभिएस एनर्टक १२५मा न्यू जेनेरेशन सिभिटीआइ आरइभिभी १२६–७९ सीसीको सिगंल सिलिन्डर, ४स्टोर्क, ३ भल्ब एयरकूल्ड इन्जिन रहेको छ ।

यसले ७५०० आरपीएममा ९–४ पिएस र ५५०० आरपीएममा १०–५ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनमा प्रयोग भएको अतिरित्त भल्भले यसको प्रदर्शन उच्च राख्दै उकृष्ट एक्सेलेरेशनका साथ ९५ किलोमिटर प्रतिघन्टाको गतिमा दौडिन्छ ।

यस स्कुटरमा  स्पोर्ट मोड दिइएको छ, जसले रेसिङ डाटा, ल्याप समय स्क्रिनमा देख्न सकिन्छ । ३ ट्रिप मीटर, फ्यूल लेवल, स्पीड, इन्जिन टेम्परेचर, र घडीजस्ता फीचर नर्मल मोडमा पाइन्छ । यस स्कूटरमा रहेको लो फ्यूल वार्निङले रिजर्वमा आएपछि कति दुरीपार गरेको छ भन्ने कुरा देखाउँछ ।

हेलमेट लगाउन भुल्नेहरुलाई यसले स्टार्ट गर्नासाथ हेलमेटको आइकन डिस्प्लेमा देखिन्छ जसले हेल्मेट नलगाई बाहिर नि निस्कने संभावना अत्यन्त न्युन रहन्छ । त्यसैगरी, एंकर एपले पनि कामको धेरै सूचनाहरु दिने गर्छ । राइड रिपोर्ट जेनरेट भए पश्चात् दूरी (डिस्टेंस), टाइम, ट्राफिकको टाइम, र पछिल्लो पटक स्कूटर पार्क गरेको स्थानजस्ता कुराहरुको जानकारी यस एपले दिने गर्छ ।

यसमा १२ इन्चको एलोइ ह्वील दिइएको छ भने, सेफ्टीको लागि फ्रंट डिस्क ब्रेक दिइएको छ । यसमा एलईडी डे टाइम रनिङ ल्याम्प भएतापनि हेडलाइट एलईडीमा छैन । अन्डर सीट स्टोरेज क्षमतासमेत राम्रो रहेको छ । 

१ सय ५५ एमएम ग्राउन्ड क्लियरेन्स भएको टीभीएस एनटर्क स्कुटरमा पाँच लिटर क्षमताको फ्युल ट्यांक छ । यो स्कुटर विभिन्न ५ रङमा उपलब्ध छन् । यो स्कुटरमा रहेको डिस्क ब्रेकले सुरक्षित यात्राको लागि निकै सहयोग पुर्याउने छ । 

नयाँ एनटर्क १२५ को आगमन पछि नेपाली बजारमा टीभीएसको उपस्थिति निकै बलियो भएको छ । अब टभिीएसको लाइनअपमा निम्न दुईपाङ्ग्रे सवारीसाधन रहेका छन् । 

साथै कम्पनीले २०० सीसी इन्जिन क्षमताको थ्रि ह्वीलर टीभीएस किङ पेट्रोल भेरिएन्टको समेत बिक्री वितरण गर्दै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप