शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा बन्ने भयो सिटीहल

बिहीबार, २८ भदौ २०७५, ११ : २६
बिहीबार, २८ भदौ २०७५

चितवन – भरतपुर महानगरपालिकामा अन्तर्राष्ट्रियस्तरको सिटी हल  बन्ने भएको छ । 
भरतपुर महानगरपालिकाले जिल्ला समन्वय समिति मातहत रहेको गेष्ट हाउस चौरमा ४ बिघा ११ कठ्ठा क्षेत्रफलमा साे सिटीहल निर्माण गर्ने भएको हाे । 

बुधबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समितिका प्रमुख कृष्णराज डल्लाकोटी, जिल्लास्थित राजनैतिक दलका प्रमुख सहभागी बैठकले गेष्ट हाउस चउरमा रहेको जमिनमै सिटीहल निर्माण गर्ने सहमति गरेको हो । 

सिटीहल निर्माणका लागि शहरी विकास मन्त्रालयले ५० करोड बजेट विनियोजन गरिसकेको र त्यसलाई सम्पन्न गर्न आवश्यक थप बजेट उपलब्ध गराउने सहमति भएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रातोपाटीलाई बताइन् । 

महानगर प्रमुख दाहालले भनिन् ‘विगतमा राजनैतिक सहमति नबन्दा सिटीहल कहाँ बनाउने भन्ने समस्या थियो । महानगरले थुप्रै ठाउँहरुमा जग्गाको खोजी गरेको थियो । जिल्ला समन्वय समितिले महानगरको आग्रहलाई स्वीकारेर जग्गा उपलब्ध गरायो अब सिटीहल बन्छ ।’ जग्गाको स्थिति अनुसार यसको डिजाइन इष्टिमेट र आवश्यक प्राविधिक काम छिट्टै सुरु हुने दाहालले बताइन् । 

कस्तो बन्छ सिटीहल ?
       भरतपुर महानगरपालकाले निर्माण गर्न लागेको महानगरीय सिटीहल अन्तर्राष्ट्रिय स्तरको हुने भएको छ । जसमा ५ हजार सिट क्षमताको मुख्य सभाहल र ५ सय क्षमताको ३ वटा हल र अन्य साइटलाइन मिटीङ्गहलहरु हुने छन् । सभाहलमा अत्याधुनिक लाइट सिस्टम, साउन्ड सिस्टम, पर्याप्त पार्किङ्ग, मनोरम बँगैचा, फुटकोडका साथै सुरक्षा कक्षासमेत हुने छ । भरतपुर महानगरपालिकाले पत्र दिनसाथ सोको डिजाइनको काम थाल्ने शहरी डिभिजन तथा भवन कार्यालय चितवनका डिभिजन प्रमुख कुमार घिमिरेले बताए । 

भरतपुरको ठुलो पूर्वाधार 

देशकै मध्यभागमा रहेको भरतपुर महानगरपालिका पछिल्लो समय बिकास निर्माण र सहरीकरणको दृष्टिकोणले तीव्र गतिमा आगाडि बढिरहेको छ । पर्यटनको तेस्रो गन्तव्यको रुपमा रहेको चितवनमा पछिल्ला दिनहरुमा ठूला पर्यटकीय होटलहरुका निर्माण र संचालन पनि गुणत्मकरुपमा भइरहेका छन् ।सिटीहलको निर्माणसँगै राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सभा–समारोहहरु पनि चितवनमै केन्द्रित हुने निश्चित छ । दुर्लभ एक सिङ्गे गैँडाको प्रमुख वासस्थान चितवन राष्ट्रिय निकुञ्ज, सफा र स्वच्छ नारायणी र राप्ती नदी, हिन्दुहरुको आस्थाको केन्द्र देवघाट धाम र राजधानिबाट नजिक हुनु र अन्तर्राष्ट्रिय स्तरको सिटीहल निर्माणले चितवन र भरतपुरको विकासमा महत्वूर्ण भूमिका खेल्ने चितवनवासीको विश्वास रहेको छ । त्यसो त भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको लागी बिभिन्न सरोकारवाला निकायहरूसंग छलफल अन्तिम चरणमा पु¥याएको छ । त्यस्तै, महानगरीय रिङ्गरोड र लिङ्करोडको काम पनि सूरु गरिसकेको छ । 

सिटीहल निर्माणमा काँग्रेसको अवरोधले ढिला 

भरतपुर महानगरपालिकाले सिटीहल निमाणका लागि नगर कार्यपालिकाको १४ औँ बैठकबाट सर्वसम्मतले पारित गरी भरतपुर वडा नम्वर ७र ५ मा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा रहेको ७६ बिघा जग्गामध्ये ५ बिघा जमिनमा सिटीहल बनाउने निर्णय ग¥यो । 

सो निर्णय पूर्व नै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल संचालक समितिको बैठकले पनि भरपुर महानगरपालिकाको सिटीहल निर्माणका लागि ५ बिघा जमिन उपलब्ध गराउने निर्णय गरेको थियो । सोही बमोजिम आश्यक सम्पूर्ण प्रक्रिया स्वास्थ्य मन्त्रालय हुँदै मन्त्रीपरिषद बैठकमा जाने तयारीमा थियो । अचानक नेपाली काँग्रेसले भाँजो हाल्यो । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जमिनमा अन्य पूर्वाधार बनाउनै पाइँदैन÷हुँदैन भन्ने काँग्रेसको जिल्लादेखि केन्द्रसम्मले बखेडा झिक्यो ,संसदमा समेत बिषय उठाएर दबावसृजना गर्यो ।क्यान्सर अस्पतालले ७६ बिघामध्ये करीव १० बिघा क्षेत्रफलमा पूर्वाधार निर्माण गरेको छ । भने बाँकी जमिनमा अहिले पनि झाडी, बोटबिरुवा मात्र छन् । चितवन बासिले गौरबको आयोजनाको रूपमा लिएको महानगरिय सिटीहल निर्माणकोलागी सबैभन्दा उपयूक्त रहेको स्थानमा काग्रेसको अवरोधले रोकिनु दुखद भएको नेपाली काग्रेसका कार्यकर्ता र चितवन बासी काग्रेस संग रूस्ट रहेका छन् ।
अन्ततः काँग्रेस सिटीहलमा चुके पनि नयाँ ठाउँमा महानगरले  अत्याधुनिक सुबिधा सम्पन्न सिटीहल  सिटी निर्माण गर्नेभएकाकारणा चितवनवासी खुसी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप