बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दशैंतिहारलाई मध्यनजर गर्दै युएम बाईकको धमाका अफर

बुधबार, २७ भदौ २०७५, २० : ५३
बुधबार, २७ भदौ २०७५

काठमाडौं । नेपालका लागि यु.एम बाईकको अधिकारिक विक्रेता आईएमई अटोमोटिभस प्रा.लि. ले ‘यु.एम. बाईकको धमाका अफर’ नामक योजना नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गरि नेपाली बजारमा ल्याएको छ । 

यु.एम. बाईकको कुनै पनि मोडेलको बाईकको खरिदमा ग्राहक गर्नेलाई ८००० सम्मको पक्का छुट र हरेक ३०० सि.सि. को खरिदमा गा्रहकलाई थाईल्यान्ड टुर बम्पर प्राइजमा दिइनेछ । यो योजनाको अवधि २६ भदौ देखि ३० कात्तिकसम्म रहेको छ ।

नाडा अटो शो २०१७ भदौ २६ देखि भदौ ३१ सम्म भइरहेको छ जहाँ यु.एम. बाइक पनि राखिएको छ । ग्राहकहरुले यु.एम. बाईक र आईएमई अटोमोटिभस प्रा.लि. को बारेमा सम्पूर्ण जानकारी लिनको लागि नडा शो को स्टल नं. M2 मा सम्र्पक राख्न सक्नुहुनेछ ।  

आईएमई अटोमोटिभस प्रा.लि. ले नाचघर, जमल, काठमाडौंमा रहेको शोरुमबाट आफ्नो सम्पूर्ण कार्य सञ्चालन गर्दै आएको छ साथै यसको डिलरसिप नेटवर्क देशको विभिन्न ठुला सहरहरुमा रहेको छ ।

जसमा समर्पित सेल्स एक्जिक्यटिभ ग्राहकहरुलाई स्वागत गर्नका साथै ग्राहकका इच्छा अनुसारका बाईकहरु देखाउन, उतम फाइनेन्सीङ्ग र इन्स्युरेन्सका प्रस्ताव प्रदान गर्न र टेस्ट ड्राईभ र सर्भिस अप्वइन्टमेन्ट तालिका मिलाउन कम्पनी तयार रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप