मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

तीजमा महिलाद्धारा महिलाको बञ्चरो प्रहार गरी हत्या

बुधबार, २७ भदौ २०७५, १९ : १३
बुधबार, २७ भदौ २०७५

म्याग्दी– दिदी बहिनीबीच दुःख–सुख साट्ने महान हरितालिका तीजमा महिलाद्धारा महिला माथि जघन्य प्रकारको हिंसाको खबरले म्याग्दी जिल्लामा सन्नाटा छाएको छ । मंगलबार दर खाने दिन म्याग्दीको    मालिका गाउँपालिका वडा नम्वर–१ निस्कोट बस्ने ४५ वर्षीया लक्ष्मीदेवी पटेलले छिमेकी बुहारी नाता पर्ने ३० वर्षीया लोकमाया पटेललाई हत्या गरेकी हुन् । 

ती महिलाले मंगलबार साँझ बाटो हिडिरहेकी बुहारीलाइ बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । लोकमायाको हत्या गरेको आरोपमा ती महिलालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकबहादुर गुरुङ्गले जानकारी दिए ।

के विवादमा हत्या गरिएको रहेछ  भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रवक्ता गुरुङ्गले भने– ‘त्यो भने बुझ्न बाँकी छ, टाउकोमा बञ्चरो प्रहार गरी घटना स्थलमै हत्या गरेको हो । उनलाई पक्राउ गरी नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाईएको छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप