बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘सिम्प्ली क्लेभर’ फिचर सहित ‘स्कोडा कोडियाक’ नेपाली बजारमा

बुधबार, २७ भदौ २०७५, १४ : १७
बुधबार, २७ भदौ २०७५

काठमाडौं । नेपालका लागि स्कोडा ब्रान्डका कारको आधिकारिक विक्रेता स्कोडा एमएडब्लुले अल न्यु स्कोडा कोडियाक नेपाली बजारमा ल्याएको छ । स्पोर्टी लुक्स, क्रिस्टलाइन डिजाइन, क्लासकै उत्कृष्ट सुरक्षा व्यवस्था र ‘सिम्प्ली क्लेभर’ फिचर सहितको अल न्यु स्कोडा कोडियाक नेपाली बजारमा ल्याएको हो ।

कोडियाक स्कोडाको पहिलो ‘सेभेन सिटर’ एसयुभी जसमा शक्तिशाली २ लिटरको डिजेल इन्जिन, ४ बाई ४ अल–ह्विल ड्राइभ सिस्टम, ७ स्पिडको गियर बक्स तथा १६.२५ किलोमिटर प्रति लिटर बराबरको माइलेज जस्ता विशेषता रहेका छन् । 

४.७ मिटर लामो यो एसयुभीमा क्लासकै सबैभन्दा ठूलो बुट स्पेस रहेको छ । यसको डिजाइन, इन्टेरियर स्पेर, प्राक्टिकल इन्टेलिजेन्स र इनोभेटिभ टेक्नोलोजीले स्कोडा कोडियाकलाई हाईक्लास एसयुभी बनाएको छ ।

स्कोडा कोडियाक नेपालभरका स्कोडा सोरुममा ‘क्वार्ज ग्रे’, ‘मुन ह्वाईट’, ‘म्याजिक ब्ल्याक’, ‘लाभा ब्लु’ र ‘लाभा रेड’  गरी पाँच आकर्षक कलरमा उपलब्ध हुनेछन् । ‘नेपालमा फुल–साइज्ड एसयुभीको माग निरन्तर बढिरहेको छ । यो मागलाई सम्बोधन गर्न हामीले यो शक्तिशाली तैपनि सुन्दर कारलाई ल्याएका हौं ।

यो स्कोडाको पहिलो एसयुभी हो जसलाई युरोपेली एसयुभीप्रेमीले स्वीकारिसकेका छन्,’ एमएडब्लु स्कोडाका कार्यकारी निर्देशक रौनक अग्रवालले भन्नु भयो, ‘कोडियाकसँगै हामी अब नयाँ सेग्मेन्ट र ग्राहकमाझ पुगेका छौं ।’

‘स्कोडा ब्रान्डले वाचा गरेका सबै गुण कोडियाकमा उपलब्ध छन् । हायर सेग्मेन्टमा प्रिमियम र इनोभेटिभ मानिने फिचरहरु पनि यसमा छन् । कोडियाकले पर्फमेन्स, कम्फोर्ट, सेफ्टी र बेस्ट इन क्लास टेक्नोलोजी छन् जसले नेपाली ग्राहकको आवश्यकतालाई सम्बोधन गर्छ । हामीलाई विश्वास छ यो नयाँ एसयुभीले अफरोडिङमा एउटा मापदण्ड स्थापित गर्नेछ,’ अग्रवालले भने ।

‘पावर’ झल्किने डिजाइन

स्कोडा कोडियाक प्रभावशाली छ– चौडा, थ्रि–डाइमेनसनल रेडियटर ग्रिल सबैभन्दा बढी उल्लेखनीय छ । फुल लिड टेक्नोलोजी भएको हेडलाइटले सडकमा कोडियाकको उपस्थितिलाई बलियो बनाउनेछ । यो कारको दायाँबाया र पछाडिको लुक्स पनि अतुलनीय छ । यसका ढोकाहरु सुन्दर र टेलगेट पनि उच्चकोटीको छ । 

प्रिमियम इन्टेरियर

कोडियाकमा इन्टेरियर स्पेस छ । यसको इन्टेरियर बोल्ड भर्टिकल इलेमेन्टहरु छन् जस्तो कि चार वटा ठूला एयर भेन्ट । ठूलो गोलो इन्स्ट्रयुमेन्ट प्यानेलको डिजाइन गज्जबको छ ।यसमा थ्रि–जोन क्लाइमाट्रोनिक र पछाडिको सिटमा छुट्टै कन्ट्रोल गर्ने सिस्टम छ । अगाडिका सिटहरुलाई इलेक्ट्रिकली एड्जस्ट गर्न सकिन्छ र यसमा मेमोरी फंक्सन पनि छ ।

इन्जिन र ट्रान्समिसन

२.० टिडिआईको इन्जिनले ११० किलोवाट (१५०पीएस) र ३४० एनएम बराबरको उर्जा उत्पन्न गर्छ । यसको माइलेज सरदरमा १६.२५ किलोमिटर प्रति लिटर रहेको छ । कोडियाकले मात्र १०.१ सेकेन्डमा आफ्नो स्पिड ० बाट १०० किमी प्रति घन्टामा पुर्याउन सक्छ भने यसको अधिकतम स्पिड १९२ किमी प्रति घन्टा रहेको छ । 

फोर–ह्विल ड्राइभमा विद्युतीय रुपमा नियन्त्रण गर्ने मल्टि–प्लेट क्लच रहेको छ जसले कोडियाकलाई अफ–रोडका लागि उपयुक्त बनाएको छ । कन्ट्रोल युनिटले निरन्तररुपमा ड्राइभिङ टर्कको आँकलन गर्छ र यसले गर्दा जस्तोसुकै अवस्थाको सडकमा यो मज्जाले गुड्छ । 

सुरक्षा र आराम

कोडियामा ९ वटा एयरब्याग छन जसले सुरक्षामा स्कोडाको जोडलाई दर्शाउँछ । कोडियाकको ‘ह्यान्ड फ्रि’ पार्किङ प्रविधिले गर्दा कोडियाक आफैंले साँगुरा स्थानमा अटोम्याटिकली पार्किङ छ । यसका लागि पार्किङ स्पेस कोडियाकको आकारभन्दा ६० सेन्टिमिटर मात्र बढी भए पुग्छ ।

साथै, मल्टि–कोलिजन ब्रेकले दुर्घटना भएको अवस्थामा कारको अनियन्त्रित चाललाई रोक्छ । यसमा इलेक्ट्रिकली–एड्जस्टेबल पानारोमिक सनरुफपछि छ जसबाट यात्रीले बाहिरी दृश्य र स्वच्छ हावाको अनुभव गर्न सक्छन् ।

इन्फोटेनमेन्ट र कनेक्टिभिटी

कोडियाकमा रहेको एम्युन्डसेन म्युजिक र इन्फोटेनमेन्ट सिस्टमले पछिल्लो प्रविधिलाई झल्काउँछ । पहिलो पटक यसमा एप्पल कारप्ले, एन्ड्रोइड अटो र मिररलिंकसहितको स्मार्टलिंकजडान गरिएको छ । नयाँ कारमा सबवुफरसहित १० वटा स्पिकर छन् । 

कोडियाकको अर्को उल्लेखनीय विशेषता भनेको ‘भर्चुअल पेडल’ हो जसका माध्यमबाट हातको प्रयोग नगरिकनै खुट्टा उठाएरै बुट खोल्न सकिन्छ । यसको बुट स्पेर २७० लिटर छ । दोस्रो र तेस्रो लहरको सिट फोल्ड गरेर कोडियाकको बुटस्पेसलाई २००५ लिटरसम्म बनाउन सकिन्छ । गाडीको ढोका नठोक्कियोस् र कोरियोस् भन्नका लागि डोर एज प्रोटेक्सन राखिएको छ । 

नेपाली बजारमा यसको मूल्य एक करोड ४९ लाख रुपैयाँ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप