शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रियंका र प्रमोदको अन्तरङ्ग दृश्य विवादमा, बोर्डले काट्यो पत्र

बुधबार, २७ भदौ २०७५, ११ : १३
बुधबार, २७ भदौ २०७५

काठमाडौं – चलचित्र विकास बोर्डले १२ असोजबाट प्रदर्शनमा आउने चलचित्र ‘कथा काठमाडौं’को प्रोमो अश्लिल भएको भन्दै युट्युवको एक च्यानलबाट हटाउन पत्रचार गरेको छ । 

‘प्रोमोले सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले यथाशीघ्र प्रोमो हटाएर सोको लिखित जानकारी दिन आदेश गर्दछु’, बोड अध्यक्ष निकिता पौडेलद्वारा  हस्ताक्षरित पत्रमा भनिएको छ ।

 पत्रमा निर्माण टीमले प्रोमो नहटाएमा चलचित्र निर्माण, प्रदर्शन तथा वितरण नियमावली अनुसार कारवाही गर्ने उल्लेख छ ।

यता बोडको पत्रले आफू थप पीडित भएको ‘कथा काठमाडौ’की निर्देशक संगीता श्रेष्ठले बताएकी छन् ।

 ‘आफ्नो आधिकारीक युट्युवमा आएको कन्टेन्ट चोरी गरेर अरु कसैले प्रयोग गर्छ भने त्यसको जिम्मेवारी चलचित्र युनिटले लिँदैन’ उनले बोर्डको पत्रप्रति आपत्ति जनाउँदै भनिन् ‘जसको सामान चोरी भएको छ । त्यसलाई नै चोर समातेर ल्याउ नत्र कारबाही गर्छु भन्न मिल्छ ?’ 

अपलोड गरिने भिडियोलाई युट्युव आफैँ सेन्सर गर्ने गरेको तर्क अगाडि सार्दै भनिन् ‘विकास बोर्ड जस्तो मर्यादिन संस्थाले मैले गर्दै नगरेको गल्तीका लागि कारबाही गर्न मिल्छ ?’ 

मंगलबार साँझ आयोजित एक कार्यक्रममा निर्देशक श्रेष्ठले बोर्डले जुन युट्युव च्यानलको कन्टेनटमा आपत्ति जनाएको छ   त्यो आफ्नो आधिकारिक च्यानल नभएको समेत जानकारी दिइन् ।
 ‘कन्टेन्ट चोरेर अर्काेले हाल्छ । मलाई क्षतिपूर्ति दिलाउनुको सट्टा कारबाही गर्छु भन्न बोर्डले मिल्दैन’ श्रेष्ठले थपिन् ।

‘कथा काठमाडौ’को आधिकारिक कन्टेन्ट प्रवाह गर्ने युटयुब च्यानल हाइलाइट्स रहेको छ । हाइलाइट नेपालमा आएको चलचित्रको  कन्टेन्ट अश्लिल भिडियो झै निर्माण भएर अर्काे कुनै च्यानलमा आएपछि बोर्डले चासो देखाएको हो । 

सञ्चार मन्त्रालयबाटै कारबाही गर्न आदेश पत्र आएपछि बाध्य भएर आफूले पत्र लेखेको बोर्ड अध्यक्ष निकिता पौडेलले बताइन् । 

‘प्रोमो अश्लिल भएको सम्बन्धमा प्रधानमन्त्री कार्यालयबाट सञ्चार मन्त्रालय हुँदै बोर्डलाई कारबाही गर्नु भन्ने बेहोराको ठाडो पत्र आएको थियो’ पौडेलले भनिन् ‘युटयुबमा राखिने सामग्रीलाई नियमन गर्ने क्षेत्राधिकार बोर्डसमक्ष छैन ।’

राजधानीका तीन प्रतिनिधि कथालाई बुनेर निर्देशक श्रेष्ठले नै लेखेको कथामा ‘कथा काठमाडौं’ निर्माण भएको हो । चलचित्रमा रहेको ‘रातका कुरा...’ गीत र प्रोमोमा समावेश गरिएका अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरी बीचको केही अन्तरंग दृश्यले अहिले बिवाद निम्त्याएको हो । 

यौन पिपासु चरित्रका रूपमा चलचित्रमा भुमिका निर्बाह गरेका प्रमोदले प्रियंकाको इच्छाविपरीत उनीसँग सम्बन्ध राखेका दृश्यलाई विम्वात्मक रूपमा चलचित्रमा देखाइएको छ । ती दृश्य त्यही भएको निर्देशक श्रेष्ठको भनाई रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप