शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टिभीएस अपाचे आरआर ३१० अब नेपालमा

मङ्गलबार, २६ भदौ २०७५, १९ : २६
मङ्गलबार, २६ भदौ २०७५

काठमाडाँ– टिभीएस अपाचे आरआर ३१० नाडा अटो शो २०१८ मा सार्वजनिक गरियको छ । काठमाडौँमा शुरु भएको नाडा अटो शो २०१८ मा टिभीएस ले आफ्नो सुपर प्रिमियम मोटरसाइकल अपाचे आरआर  ३१० सार्वजानिक गरेको हो ।

अपाचे आरआर ३१० टिभीएस अपाचे स्टेबलको पछिल्लो प्रस्तुति हो । टिभीएस अपाचे आरआर ३१० आकर्षक डिजाइन, सुपर शकिशाली इन्जिन, सर्वोउत्कृस्ट पर्फर्मेन्स र राइडिङ डाइनामिक्सले भरिपूर्ण मोटरसाइकल हो । रेजर सार्प ह्याण्डलिङ्ग र सुपेरियर प्रविधि भयको यो मोटरसाइकल ३६ बर्सको रेसिङ्ग बिरासतको प्रमाणित स्वरुप हो ।  

सार्वजनिक कार्यक्रममा बोल्दै टिभीएस मोटर कम्पनीका प्रवक्ताले भने, ‘टिभीएस मोटर कम्पनीको महत्वपुर्ण बजार, नेपालमा टिभीएस अपाचे आरआर ३१० सार्वजानिक गर्न पाउँदा खुशी लागको छ । यो मोटरसाइकल सबै भन्दा उत्कृस्ट र एक्सक्लुसिभ रहेको छ, ३५ बर्सको रेसिंग ट्रयाकको सिकाइ र अनुभवबाट जन्मेको अत्याधुनिक मोटरसाइकल हो ।’ 

अपाचे आरआर ३१०, ३१२ सीसी  सिंगल सिलिण्डर, फोर स्ट्रोक, फोर भल्भ, लिक्विड कुल्ड इन्जिन जसले दिन्छ ३४ पीएस २९७०० आरपीएम र २७.३ एनएम आरपीएम ।

सटिक रेस शिफ्टको अबुभव गर्न सकिने ६–स्पिड गियर बक्स भएको यो मोटरसाइकलको अधिकतम स्पिड १६० किलोमिटर प्रति घण्टा रहेको छ जसले ०–६० किलोमिटर प्रति घण्टाको स्पिड मात्र २.९ सेकेन्डमा पुरा गर्दछ । एड्भान्स एरोडाइनामिक्स प्याकेज यो सेग्मेन्टको मोटरसाइकलमा कमै मात्र प्रयोग गरिएको छ । यो मोटरसाइकल रेसिङ रेड र सिनिस्टर ब्ल्याक दुइ आकर्षक रङमा पाइनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप