शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

५ लाखसम्म छुट, ४ करोडसम्म मूल्य : यस्ता छन् नाडा अटो शोमा गाडीहरु

मङ्गलबार, २६ भदौ २०७५, १७ : १०
मङ्गलबार, २६ भदौ २०७५

काठमाडौँ । तपाईं गाडी वा मोटरसाइकल खरिद गर्ने सोचमा हुनुहुन्छ ? यदि त्यस्तो हो भने राजधानीको भृकुटीमण्डपमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीको महामेला आजबाट (मंगलबार) शुरु भएको छ ।  १३ औ संस्करणको नाडा अटो शो भदौ ३१ गतेसम्म चल्नेछ । सबै प्रकारका सवारी साधन र अटोसम्बन्धी पार्टपुर्जाहरु एकै छानामुनि पाइने र विशेष छुटसहित बुकिङ गर्न सकिने व्यवस्था मेलामा छ । 

मेलामा हिरो, टाटा, स्कोडा, फोर्ड, ड्याट्सन, स्याङयोङ, हुण्डाइ लगायतका कम्पनीको गाडीको स्टलमा निकै भिड देखिएको छ । उद्घाटनकै समयमा गाडी खरिद गर्न चाहनेहरुको भिड लागेको छ । 

हामीले हरेक स्टलमा गएर कुन कम्पनीको चारपाङ्ग्रे सवारीको मूल्य कतिदेखि कतिसम्म (न्युनतम र अधिकतम) निर्धारण गरिएको छ भनेर बुझ्न खोज्यौ । कतिपय स्टलमा ५ लाखसम्मका छुट दिइएको देखिन्छ कसैले २ लाख त कसैले फाइनान्सिङ सुविधामा सहुलियत दिएको देखियो । ६ दिनसम्म चल्ने यो शो मा ६० हजारले अवलोकन गर्ने आयोजकको दाबी छ । नाडा अटो शोमा सबै ब्राण्डले स्थान भने पाएका छै्रनन् । आयोजक ठाउँ अभावका कारण त्यसो भएको दाबी गर्छ ।  

गत आर्थिक वर्षमा सवारीसाधनको आयात १.४९ प्रतिशतले खुम्चिएको थियो । यसबर्ष सरकारले सवारी साधनमा  इन्जिन क्षमता अनुसार करको बृद्धि गरेको छ । यद्यपि, सवारी आयातमा बृद्धि हुने सवारी साधन व्यवसायीहरुको अपेक्षा छ । 

नाडा अटो शोमा यस्तो छ चारपाङ्ग्रे सवारीको मूल्य 

—    स्याङयोङको चारपाङ्ग्रेमा ५ लाखसम्म छुटको अफर छ । यसले पाँच वटा मोडलको गाडीहरु प्रस्तुत गरेको छ । यसको टिभोलीमोडलको —गाडीको ५६ हजार ९९ रुपैयाँ मूल्य तोकिएको  छ । यसैको रेक्सटन मोडलको १ करोड २१ लख रुपैयाँसम्मको सवारी साधन रहेको छ । 


—    फोर्डको २६ लाख ९० हजार देखि ७८ लाख सम्मका गाडी छन् । 


—    एमजिजिएसको ५८ लाख देखि ६९ लाखसम्म छ । 

—    ड्याटसनको १५ लाख २५ हजार रुपैयाँदेखि २७ लाख ४९ हजार रुपैयाँ सम्म रहेको छ । 


—    टोयोटाको ३२ लाखदेखि ४ करोड ८ लाख रुपैयाँ सम्म रहेको छ । ३२ लाखको एटिएस लिभा जी  ११९७ सिसिको हो । यसमा ४५ लिटरको फ्यूल ट्यांकी छ । यस्तै ४ करोड ८ लाख रुपैयाँको ल्याण्ड क्रुजर डिजेल गाडी हो ।


—    सुबारुको ९९ लाख रुपैयाँदेखि एक करोड २० लाख रुपैयाँसम्मको चारपांग्रे सवारी साधन छन् । 


—    रेनल्टको ६४ लाख ८९ हजार रुपैयाँदेखि २४ लाख ५८ हजार रुपैयाँसम्मको छ ।  रेनल्टको क्याप्चरको मूल्य ६४ लाख ८९ हजार रुपैयाँ हो । न्युक्विडको २४ लाख ५८ हजार रुपैयाँ हो । 


—    निशानको २६ लाख १० हजार रुपैयाँ देखि १ करोड २५ लाख ६९ रुपैयाँसम्म हो । 


—    यस्तै हुण्डाइको ५८ लाख ९६ हजारदेखि ९८ लाख ९६ हजार रुपैयाँसम्मको गाडी छ । क्रेटा मोडलको एस एक्स एटि १५९१ सिसिको हो जसको मूल्य ५८ लाख ९६ हजार रुपैयाँ हो । 


—    स्कोडाको  ३८ लाख ४५ हजार रुपैयाँको र्यापिड एमपिआइ एमटि एक्टिभ हो । यो १५९८ सिसिको हो । 

—    पेउगिएटको ८२ लाख रुपैयाँदेखि १ करोड ३८ लाख रुपैयाँसम्मको रहेको छ । होण्डाको २९ लाख २५ हजार रुपैयाँदेखि १ करोड २६ लाख रुपैयाँसम्मको सवारी साधान रहेका छन् ।   

—    महिन्द्राको २६ लाख ९५ हजार रुपैयाँको कारदेखि ३६ लाख ४५ हजार रुपैयाँसम्मको रहेको छ । 


—    भक्सवागनको २६ लाख ९५ हजार रुपैयाँदेखि १ करोड ४७ लाख रुपैयाँसम्मको रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप