बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङले ल्यायो ग्यालेक्सी जे२ कोरः ११ हजारमै स्मार्टफोन

मङ्गलबार, २६ भदौ २०७५, १७ : १६
मङ्गलबार, २६ भदौ २०७५

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले आफ्नो पहिलो एनरोइड गो स्मार्टः ग्यालेक्सी जे२ कोर सार्वजनिक गरेको छ  । आईएम विजका प्रणय रत्न स्थापितले सबै डिभाइसहरुमा नविनत्तम र उत्कृष्ट प्रविधी ग्यारेन्टी गर्न पूर्ण रुपमा प्रतिवद्ध रहेकाले यी फोनले ग्राहकको आवश्यकता पूर्ण गर्ने विश्वास गरेका छन् ।

ग्यालेक्सी जे२ कोरले पूर्ण मात्रामा स्मार्ट फोनको अनुभव दिलाउने र एकदमै परिष्कृत ब्याट्री, भण्डारण क्षमता, राम्रो कार्य सम्पादन र विशेष गरी पहिलोपटक प्रयोग गर्नेहरुलाई अपिल गर्ने खालको रहेको स्थापितले बताए ।

ग्यालेक्सी जे२ कोर एनरोइड गो फोनमा परिष्कृत कार्यसम्पादन गर्ने विशेष गुण रहेको छ जसका कारण व्याट्री लामो समयसम्म टिक्छ भने यसमा एकदमै फराकिलो भण्डारण क्षमता छ । साथै तिव्र गतिको प्रोसेसिङ क्षमता छ ।  

ग्यालेक्सी जे२ कोरलाई यसरी डिजाइन गरिएको छ कि हरेक स्मार्टफोनमा जस्तै यो प्रयोग गर्दा मल्टी मिडियाको अनुभव हुन्छ तर सामसङ डिभाइसका परम्परागत आकार र अनुभव पनि कायम नै राखिएको छ । यसमा रहेको ४०X९६० रिजोलुसन भएको छ ।

अल्ट्रा डाटा सेभिङ फिचरका कारण ग्यालेक्सी जे२ कोरले मितव्ययी डाटा प्रयोगका विभिन्न विकल्पहरु र सुझावहरु दिने गर्छ जसका कारण प्रयोगकर्ताले आफूलाई मन परेको अनलाइन विषयवस्तु मात्र हेर्न र प्रयोग गर्न सक्छन् र उनीहरुलाई आफ्नो डाटाको सिमितताको वारेमा चिन्ता गर्नु पदैन् ।  

ग्यालेक्सी जे२ कोर स्मार्ट फोनमा दुई क्यामराहरु रहेका छन् । पहिलो ८ मेगापिक्सल क्यामरा हो जसको ठ्याक्कै पछाडि फ्ल्यास रहेको छ । अर्काे चाहि अग्र भागमा नै ५ मेगापिक्सल क्यामरा रहेको छ ।  

सामसङ ग्यालेक्सी जेटुको प्रारभ्भिक रुपमा अगष्ट १० देखि नेपालमा उपलब्ध हुने छ । यसको  मुल्य ११,६९० रहेको छ भने यो सामसङको व्राण्ड पसलमा र अन्य रिटेल पसलहरुमा उपलब्ध हुने छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप