बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकमा स्कुल–स्कूलमा प्रहरी अभियान सुरु

मङ्गलबार, २६ भदौ २०७५, १६ : ३९
मङ्गलबार, २६ भदौ २०७५

मेलम्ची– आपराधिक घटना बढिरहेका बेला जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले स्कूल–स्कूलमा प्रहरी अभियान शुरु गरेको छ । हिजो चौतारामा स्थानीयवासी जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र अन्य सरोकारवालाको उपस्थितिमा सो अभियान शुरु गरिएको हो । 

अभियानको शुभारम्भ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले गरेका हुन् । प्रहरी उपरीक्षक मरासिनीले यौन हिंसा, लागुऔषध र सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना जगाउँदै स्कूलस्कूलमा पुग्ने बताए । उनले कानून विपरीतका कार्य मात्र अपराध नभइ कानूनले दिएका काम नगर्नु पनि अपराध हुने भन्दै स्कूले बालबालिकामार्फत् समाजमा सचेतना जगाउन लागिएको बताए। 

यस अभियानको माध्यमबाट सिन्धुपाल्चोकका ३५ हजार स्कुले बालबालिकासम्म प्रहरी पुग्ने भएको छ । कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुपाल्चोकका प्रमुख गौरीशङ्कर पाण्डेले अपराध न्यूनीकरण र सभ्य समाज निर्माणका लागि जिल्ला प्रहरी कार्यालयले रचनात्मक काम थालनी गरेको बताए । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले अपराधमुक्त सिन्धुपाल्चोक निर्माण गर्न प्रहरीसँगै हातेमालो गर्दै स्थानीयवासी नै लाग्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप