शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्री थापाको राजीनामा माग गर्दैै तरुण दलले बुझायो ज्ञापनपत्र

मङ्गलबार, २६ भदौ २०७५, १६ : २०
मङ्गलबार, २६ भदौ २०७५

काठमाडौं– नेपाल तरुण दलले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गर्दै ज्ञापनपत्र पेश गरेको छ । सो संगठनको काठमाडौं जिल्ला समितिले मंगलबार गृहमन्त्री थापाको राजीनामा माग्दै जिल्ला प्रशासन कार्यालय काठमााडौंमा ज्ञापनपत्र पेस गरेको हो ।

भदौ २४ गते रोल्पा नगरपालिकाका तरुण दलका अध्यक्ष रोहित पुनको कम्युनिष्ट कार्यकर्ताहरुबाट हत्या गरेको भन्दै सो संगठनले त्यसको निन्दा समेत गरेको छ । 

संगठनले पुनको हत्या के कति कारणले भएको भन्ने कारण खुलाई दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग गर्दै मृतकलाई सहिद घोषणा गरी उनका परिवारको उचित लालनपालनसहित क्षतिपूर्तिको व्यवस्था गर्न समेत सरकारसँग माग गरेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप