केन्द्रीय संस्करण

परिवर्तनसँग विरोधाभास र जनअपेक्षा

person explore access_timeभदौ २६, २०७५ chat_bubble_outline0

 द्रुत परिवर्तनकारी सोचले छलाङ मार्दा जनतामा विगत र वर्तमानसँगको विरोधाभास छ । बुद्ध र हिटलरको अमिल्दो द्वन्द्वसँग माक्सवादी क्रान्तिकारिता या त साम्यवादसँग रामको आदर्श रामराज्यको सङ्गम केवल स्वार्थ र भ्रष्टाचारले विरोधाभास लाग्छन् । नयाँपनको आभास नपाएका र पाएर पनि थाहा नभएकाहरूको भीडमा हिंसामुक्त समाजसँग नव नेपालका स्वर्णिम स्पप्ना तुन्नै पर्ने जटिलता छन् ।

शारीरिक, मानसिक, भावनात्मक हिंसाको मारसँग घरेलु हिंसा अझैं देखिन्छन् । धार्मिक, लैङ्गिक हिंसात्मक प्रथाले समाज अभैm कतै न कतै आक्रान्त छ । हलिया प्रथा, दास प्रथा, झुमा, छाउपडी, देउकी लगायतका प्रथाको मारमा अभाव र अशिक्षाको जलन छ । जति अवसरका गफ घोषणापत्र, समाचारका सशक्त शीर्षक बने पनि, कानुनका पानामा मन्त्र बनेर रटाइए पनि विपन्न वर्गका वेदना त्यसै चिमोटिएका लाग्छन् ।

निरीहका आवाजलाई टाठाबाठाकै दमनकारी स्वरले सर्लक्क ढाकेर चाकडीबाजकै गुदीले आधार दिनैपरेको छ । यसर्थ अब यो सरकारले जनताको क्षमतालाई कदर गर्न सकोस् । क्षमता भएकाले अवसर पाऊन् । कमसेकम विकासका पूर्वाधारमा सहजीकरण गराएर, प्रोत्साहन गरेर, विलासी वस्तुमा करको भाउ कसे पो कम्युनिस्ट र माक्सवादी चिन्तनको तालमेल मिल्ला त । यसो भनिरहँदा भाइचारा नमरोस् । एकता नमक्काओस् । समृद्धिको नारासँग शान्तिप्रेमी समर्पणको जग बलियो बन्न सकोस् । स्थानीय सरकारले जथाभावी कर असुल्ने, कृषिप्रधान देशमा कृषिमै कर लाद्ने स्थानीय नियमले देशलाई समृद्ध कसरी होला, विषय पेचिलो लाग्छ ।

    लामो सङ्क्रमणकालीन जटिलता, जनमुखी संविधानको कार्यान्वयन अनि समृद्ध, शान्त नेपालको सपनामा नयाँ नेपालले हिंसारहित सामाजिक न्यायलाई कानुनतः सोचेको छ । नयाँ नेपाल त्यो हो जहाँ हत्या, बलात्कार, कुटपिट, यातना, मानवीय हिंसाजन्य दादागिरीलाई अन्त्य हुन्छ । त्यतिखेर नयाँ नेपालमा हिंसाले त्राहीत्राही बनाइएका बालबालिका, श्रमिक अनि निरीहका आवाजको आवाजको साटो समृद्धिको विगुल फुकिनेछ । सशस्त्र द्वन्द्व र आन्दोलनमा भएका अमानवीय चोटलाई मलमपट्टी लगाउने सुविचारले अब प्रश्रय पाउने अपेक्षा बढ्दो छ । फेरि प्रश्न उठ्छ– जातीय हिंसा, घरेलु हिंसा, सामाजिक कुरीति, आर्थिक असमानता र गरिबी, बालश्रम शोषण, प्रेस स्वतन्त्रताका दमन हुन् या सामाजिक, परम्परागत या त अज्ञानताका कारण हिंसारहित समाज निर्माण त हुन सकेको छैन । अब सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानबिन आयोगले द्वन्द्वका पीडा र हिंसालाई सम्बोधन गर्ला भन्ने आवाज विनित छ । बाबाआमा यौनपिपासु बनेका कारण कैयौँ बालबालिका बेसहारे भइरहेका छन्, त्यो जीवित अभिभावकका टुहुरा सन्तानको पीडालाई कानुनले कहाँ समेटेको छ र ।

    लोकतन्त्र र लुटतन्त्रको विरोधाभास, विकास र हिंसाको प्रभावमा समाज मनोविज्ञानको झापडले देश उही सोचमा लुटुपुटु गरिरहे या त पैसाको सपनामा जन्म दिने आमाबाबालाई वृद्धाश्रममा कोचेर टन्टा साफ गर्न चाहने कुत्सित दुराचारी सानदार महलका बुद्धिमा मोडन अनुहार देखापर्छ । विकासका नाउँमा विनासको ज्वाला छ अनि अग्नि परीक्षा सीतालाई भन्दा धेरै दासीहरूमा गराइन्छ भने हिंसाको अनुहार बदलिएको पनि त लाग्छ । वृद्ध बाआमा झर्के बूढाबूढी अर्थात् बच्चा हेर्ने नोकर मान्ने सोचमा जलन छैन र ? आज रक्षक नै भक्षक भएर मुख बाइरहँदा सुशासन र दण्डहीनता अन्त्य गर्दै विश्वासको मुहान नै कलुषित बनेकोभैmँ लाग्छ । बलात्कार, बालश्रम शोषणका साहुको नोकरे घुर्मैलो तस्बिर आज पनि देखिरहिन्छ । घरको छोराछोरीलाई एक भारी किताब भिराएर अङ्ग्रेजी रटाउने उता बालक नोकरलाई घर पुछ्न, कुकुरको दिसा पखाल्न या त उसको स्याहारमा भुलाएका दृश्य नेपाली समाजभित्रका र २१औँ शताब्दीकै हुन् । नयाँ नेपाललाई हिंसामुक्त समाजको अपेक्षा गर्दै समृद्धिको बिगुल फुक्ने आशा नेपाली जनतामा जाग्दै छ । आफ्नो जन्मदिनमा सेल, खिर खानेले आज भएनभएको खर्च गरी महँगो केक, फेन्टा र मासुको उरुङ लगाउनुपर्ने संस्कृतिमा आर्थिक असमानताको मनोवैज्ञानिक झापड तुनिन्छ । हरेक बालबालिकाका निमोठिएका श्रमजीवीका मुक भाषामा कुण्ठित आवाजलाई सम्बोधन गर्ने सोचसँग नयाँ नेपालले सङ्घीय व्यवस्थापनलाई लिएर विचार सम्याउँदै छ । 
 

    बलात्कार, बोक्सी आरोप, यौन दुव्र्यवहार, बेचबिखनका पीडामा सीधा सोझालाई प्रताडना हुन्छ । महिला तथा बालबालिका सेवा केन्द्रले नेपालका ७७ वटै जिल्लाका प्रहरी कार्यालयमा अनुगमन गर्दा अधिकांश घटनामा मिलापत्र गरिएका समाचार सम्प्रेषित छन् । यद्यपि भयावह तथ्याङ्कले नयाँ नेपालको परिकल्पनामा धमिरा लागिरहेकै छ । कारबाही गरिनुपर्नेलाई हत्या गरिने अनि मानव अधिकार उल्लङ्घनका गम्भीर घटनालाई पैसाको लेनदेन गरेर घटना लुकाइने व्यवहारले न्यायिक संयन्त्र धरापमा रहेको वस्तुस्थितिसँग नयाँ नेपालले कसरी नातो गाँस्ला । मानव अधिकार उल्लङ्घनले मुलुकमा पछिल्लो पटक साधुलाई सुलीमा चढाउने र चोरलाई चौतारामा स्थान दिइएका घटनाले नयाँ नेपाललाई हिंसामुक्त बनाउन सकिएको छैन । बेचबिखन तथा ओसारपसारका घटना, जातीय विभेदका तीता पीडा भोग्नै परेको छ । सरकारी काममा हैरानी र बेचैनीका कारण भ्रष्टाचार हुने दुश्चक्रबाट अब मुलुकले उम्कनु छ । पाटीवादी स्वार्थसँगै नातावाद, कृपावादले पद, पैसा र प्रतिष्ठाको चङ्गुलमा निरीहले सधैँ जलिरहँदा पीडाका आवाजलाई नयाँ नेपालको सुशासनले बदलेर हिंसारहित तुल्याउनै पर्छ । कर्मचारीको सरुवा, बढुवा, जागिर स्थापनाका खेलले मानवीय भाग्य र भविष्यमा कुठाराघात भइरहँदा नयाँ नेपालले सम्बोधन गर्नैपर्छ । स्मरणीय छ– द्वन्द्वकालीन दस वर्षमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयका अनुसार सुरक्षाकर्मी, लडाकु र सर्वसाधारण समेत १७ हजार ८ सय ८६ जना मारिए, १ हजार ७ सय ३० नेपालीले बेपत्ता हुनुप¥यो अर्थात् १९ हजार ६ सय १६ जनाको मानवीय क्षति हुन पुग्यो । परिवर्तनलाई सही रूपमा बुझ्न नसक्दा जिउँदाको जन्ती र मर्दाको मलामी बनेर बाँच्न चाहने नेपाली मौलिकतामा ह्रास आउँछ तब हिंसात्ममुक्त समाजलाई सामाजिक न्याय स्थापनाका लागि सचेतना आवश्यक छ ।

मुक्तिको जनअपेक्षा 
    हस्पिटलजस्तो संवेदनशील क्षेत्रमा समेत भइरहेका हिंसाको मानवीय हक र अधिकार अनुरूप सुनुवाइ हुनुपर्ने आजको अपरिहार्य आवश्यकता हो । तब सङ्घीय शासनसँग यो मुकपीडाको सुधारप्रति जनताको आशा र अपेक्षालाई हिंसामुक्त समाजसँग हातेमालो गराउन सक्ला । सीप, बौद्धिकताले सुशोभित व्यक्तिले परदेशको भूमिमा आफ्नो पसिनालाई कौडीको मूल्यमा अपमानित भएर बेचिइरहनुपरेको दुर्दशालाई नयाँ नेपालले रोक्न सकोस् । शक्ति र सामथ्र्यले गाँजेको पद्धतिले शैक्षिक बेरोजगारिता र मनोवैज्ञानिक जलन छन् । क्षमतावान्ले प्रमाणपत्रलाई सिरानी लगाएर सुत्नुपरिरहेका पक्षमा सरकार गम्भिर बनेमा समृद्धिको आशा दर्बिलो होला कि । 

    प्रधानमन्त्री रोजगार कार्यक्रमका साथमा एकतन्त्रको सिंहदरबार बाँडिएर गाउँ गाउँमा पुग्दा भोका, नाङ्गा, अशक्तलाई अग्र पङ्क्तिमा राखेर मानवीय भाव पस्कने नवीन नेपालसँग भाइचारा छ, गाँस टुटोस् तर नेपालीको साथ नछुटोस् भन्ने भावना छ । जिउँदाको जन्ती र मर्दाको मलामी बन्ने नेपाली मौलिकतामा प्रथाले पिल्स्याएको हिंसामुक्त सभ्य समाजलाई विकसित तुल्याउन व्यावहारिक गुणात्मक चिन्तन र व्यवहार बीच तालमेल हुनु आजको आवश्यकता हो । वैज्ञानिक विकास, प्राविधिक उन्नति, अत्याधुनिकतामा रहेर आत्मनिर्भरताको समृद्धिसँग शान्तिका परेवा उडाउने जनअपेक्षाभित्र हिंसामुक्त समाजको परिकल्पना कुनै असम्भव कल्पना होइन । केन्द्रीय सत्ताका जटिलतालाई सहजीकरणको मान्यतामा विकेन्द्रीकृत व्यवस्थापन गर्ने नयाँ नेपालको चाहनामा बाल, वृद्ध, युवा, गरिब अनि नारी हकसँग मानव अधिकार संरक्षणको न्यायिक उच्च संयन्त्र बन्न सक्नुपर्छ । नेपाली जनमानसमा आशा छ, शक्तिको होडका कारण निरीहवर्गले मुख फेर्न नपाएका पीडा सम्बोधनमा नयाँ नेपालले खरो आवाजलाई बुलन्द पार्न सक्नुपर्छ । युद्धका डोरामा उनिएको लामो इतिहास बोकेर हाम्रो देश नेपालले विकासको फड्को मार्न विकासप्रेमी प्रतिभालाई सम्मान गर्न चाहन्छ । विकास र समस्याका निकाससँग अर्थतन्त्रको विकासका बाटालाई रोज्नु छ, रोजगारी र प्राविधिक समुन्नतिका रणनीतिमा दिगो विकासको मार्गमा दौडनु छ । नवीन परिवर्तनका लागि कयौँ सहिदले रगत बगाए । प्रजातन्त्रदेखि लोकतन्त्र, गणतन्त्र प्राप्तिका हरेक मार्गमा सुन्दर, विकसित र समृद्ध नेपाल निर्माणका स्वर्णिम अपेक्षा जोडिन्छन् । नयाँ नेपालले महिला अधिकारको भावसँग समसत्ताको आवाजलाई बुलन्द गर्दै छ । चुलो चौकोको साँघुरो संसारबाट माथि उठ्न, अन्धविश्वासी सोच अनि पितृसत्तात्मकतालाई सर्वोपरी ठान्ने सोचको बारलाई भत्काउन नयाँ नेपालले ऊर्जा दिँदै छ । 

    विकट क्षेत्रका यस्ता वेदनामा अभावसँग मितेरी लाउनेले नै जो होचो उसको मुखमा घोचो भनेभैmँ अनेकथरी समाजका लाञ्छना व्यहोर्दै गर्दा भ्रष्टाचार, पाटीवादी सोच र स्वार्थ, नातावाद, कृपावादले स्वतन्त्रता नै ‘आकाशको फल आँखा तरी मर’ भन्ने मनोवैज्ञानिक पीडा छँदै छन् । वैयक्तिक, राजनीतिक, धार्मिक–सांस्कृतिक, पारिवारिक, नागरिक स्वतन्त्रताजस्ता व्यापक परिधिमा मानवीय सुख, अमन–चैनका पक्ष गाँसिएका हुन्छन् । प्रेस स्वतन्त्रताका कुरा उठ्छन् । मानवीय हक र विविध अधिकार प्राप्तिका पक्षमा स्वतन्त्रताकै लडाइँ भइरहेका छन् । हुनलाई संसारमा अभैm कठोर शासनको जलनमा जनता आजित छन् । नेल्सन मन्डेलाले दक्षिण अफ्रिकालाई स्वतन्त्रता दिलाएको धेरै भएकै छैन । अब्राहम लिङ्कनले करिब चालीस लाख दासदासीलाई दासत्वको जन्जिरबाट मुक्ति दिलाएर स्वतन्त्रताको सुगन्ध छरे । सूक्ष्मातिसूक्ष्म कामका लागि सरकारी कार्यालयमा हुन् या त निजीमा आखिर निरीहका आवाजमा साँच्चै पीडादायी जलन छन् । कर्मचारीतन्त्र, व्यक्तिको आनीबानीका कारण बोल्न नसक्ने र कुनै पार्टीगत शक्तिलाई भिरेर हिँड्न नसक्ने वा नचाहनेमाथि हस्पिटलदेखि हरेक संवेदनशील कार्यमा समेत हैरानी हुन्छ, पीडा हुन्छ, बेवास्ता गरिन्छ । यी तीता सत्यका आवाज र बिलौना अब खोलाका गीत बन्नु हास्यास्पद उपेक्षाकृत विषय बन्छन् । यसर्थ अब आर्थिक तथा सामाजिक, सांस्कृतिक रूपान्तरणमा विकृत पक्षले डेरा नजमाओस् । जनताले आन्तरिक स्वरोजगारमा आफ्नो सीप र क्षमतालाई निर्वाध पोख्ने अवसर पाओस् । 
bhattarairamesh353@gmail.com

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...