शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

स्पोर्टी स्कुटरप्रेमीका लागि यामाहाले ल्यायो रे जेडआर ‘स्ट्रिट र्याली’

सोमबार, २५ भदौ २०७५, १९ : ०६
सोमबार, २५ भदौ २०७५

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाली बजारमा आकर्षक रे जेडआर स्कुटर सिरिजको नयाँ संस्करण ‘स्ट्रिट र्याली’ सार्वजनिक गरेको छ । ‘स्ट्रिट र्याली’ एडिसनको डिजाइन विश्वमै प्रतिष्ठित यामाहाको मोडेलहरुबाट प्रभावित छ ।

‘यामाहा रे जेडआर ‘स्ट्रिट र्याली’ एडिसन पावर र स्टाइलको उत्कृष्ट समिश्रण हो,’ एमएडब्लु इन्टरप्राइजेज टु–ह्विलर डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले भने, ‘हामीलाई विश्वास छ अत्याधुनिक प्रविधि भएको स्टाइलिस स्ट्रिट र्याली स्कुटरले स्पोर्टी स्कुटर रुचाउने ग्राहकमा उत्साह थप्नेछ । यामाहाप्रतिको बढ्दो मोहलाई नयाँ स्कुटरले नयाँ उचाइमा पु¥याउने अपेक्षा हामीले गरेका छौं ।’

नयाँ रे जेडआर ‘स्ट्रिट र्याली’मा उत्कृष्ट पिकअप र उत्कृष्ट माइलेज लागि  ११३ सीसी ब्लु कोर इन्जिन को फिचर रहेको छ ।

त्यसैगरी चालकको हातको सुरक्षाका लागि नकल गार्ड, थप स्पोर्टी र आकर्षक डिजाइनका लागि बोल्ड न्यु भाइजर, आवश्यक जानकारीहरु समावेश भएको आकर्षक ककपिटका लागि  डिजिटल इन्स्ट्रयुमेन्टल प्यानल र आकर्षक डिजाइन र पूर्ण आत्मविश्वासी ब्रेकिङका लागि फ्रन्ट डिस्क ब्रेक एन्ड एलोई ह्विल रहेको छ ।

नेपालमा यामाहा रे जेडआर ‘स्ट्रिट र्याली’को बजार मूल्य रु २,०८,९०० तोकिएको छ । र यो स्कुटर ¥याली रेड र रेसिङ ब्लु– गरी दुई वटा कलरमा उपलब्ध छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप