बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘छिरिङ्ग’को ट्रेलर : यसकुमार र निमासँग कामनाको रोमान्स

सोमबार, २५ भदौ २०७५, ११ : ०१
सोमबार, २५ भदौ २०७५

काठमाडौं – गायकबाट नायक बनेका यश कुमार अभिनित तथा निर्देशित चलचित्र ‘छिरिङ्ग’ पनि प्रदर्शनको लागि तयार भएको छ । 

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको बिभिन्न पक्षबारे जानकारी गराउदै निर्माण युनिटले अफिसियल ट्रेलर लञ्च समेत गरेको छ ।

ट्रेलर प्रेम र द्वन्द्वका दृश्यले भरिएका छन् । बहुपतिप्रथाको कथामा बनेको यो चलचित्रमा नव अभिनेत्री कामना भुजेलसँग यशकुमार र अर्काे नायक  निमा रुम्बाले रोमान्स गरेका छन् ।
सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको चलचित्र यशकुमार र याम थापाले मिलेर लेखेका हुन् ।

‘छिरिङ्ग’ मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । १२ असोजबाट चलचित्र देशभर प्रदर्शनमा आउने निर्माण युनिटले जानकारी दियो । 

दुई पति भएकी एक युवतीले गर्नु परेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व चलचित्रले देखाउन खोजेको कार्यक्रमा यस कुमारले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप