बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

२५ दिनमा सकियो स्वस्तिमा ‘बुलबुल’

सोमबार, २५ भदौ २०७५, १० : ५३
सोमबार, २५ भदौ २०७५

काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘बुलबुल’को छायाँकन सकिएको छ । साउनको अन्तिम साता फ्लोरमा निस्किएको चलचित्र निर्धारित समयभन्दा अगाडि नै सकिएको निर्देशक बिनोद पौडेलले जानकारी दिए । उनले एक गीतको काम बाँकी राखेर चलचित्रको छायाँकन सकाएको बताए । 

‘आउटडोरमा सेट नै लगाएर खिच्न पर्ने गीत छ । मौसम अझै सफा भइसकेको छैन । त्यही कारणले त्यो गीत दसैंतिहारको बीचमा खिच्ने गरी अहिलेलाई प्याकअप गरेका हौं ,’पौडेलले भने । यस अगाडि ‘साँघुरो’ चलचित्र लेखेका पौडेलको चलचित्र निर्देशनमा पहिलो हो । 

टेम्पो चालक महिला बिषय उठाएको चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन् । उनले एक महिनाभन्दा बढी समय लगाएर टेम्पो चलाउन सिकेकी थिइन् । 
निर्माता अबिरल थापाले चलचित्र भ्यालेन्टाइन डेको अर्थात ३ फागुनमा रिलिज हुने बताए ।

चलचित्रमास्वस्तिमाको अलवा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे,  आशिका पाण्डे लगायतको अभिनय रहेको छ । 

सुसन प्रजापतिको छायांकन रहेको चलचित्र निर्देशक विनोदले नै लेखेका हुन् । चलचित्र पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडलले मिलेर बनाएका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप