शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२९ वटा कम्पनी खारेजीमा,  कुन— कुन परे (नामसहित) ?

सोमबार, २५ भदौ २०७५, ०९ : ४०
सोमबार, २५ भदौ २०७५

काठमाडौँ । २९ वटा कम्पनी खारेजीमा परेका छन् । चालु आर्थिक वर्ष (२०७५।०७६) को यो दोस्रो महिनाको अन्तिम साता हो । झण्डै दुई महिनामा २९ वटा कम्पनी खारेजीमा परेका छन् । कम्पनी राजिष्ट्रारको कार्यालयको विभिन्न समयको निर्णयले त्यस्ता कम्पनीलाई खारेजीमा लगेको हो । 

कम्पनी रजिष्ट्रार भुवन हरि अर्यालले घाटामा गएका कम्पनी, मर्जमा गएका कम्पनी, दर्ता भएका तर सञ्चालन नै गर्न नसकेका कम्पनीहरु खारेजीमा गएको बताए । खारेजी सम्बन्धित कम्पनीको सञ्चालक समितिको निर्णयले गर्ने र अभिलेख राख्ने काम कम्पनी रािजष्ट्रारको कार्यालयको भएकाले सञ्चालक समितिबाट स्वीकृत भए अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयले खारेजी गर्ने बताए । 

उनले भने, ‘हामीले रेकर्ड मात्र राख्ने हो । खारेजीमा जान चाहनेलाई सम्बन्धित कम्पनीको सञ्चालक समितिले गरेको निर्णयलाई स्वीकृत गर्ने हो’ ।

अर्यालका अनुसार हाल कम्पनी रजिष्ट्रारमा दर्ता भएका कम्पनी संख्या साना र ठूला गरी २ लाखको हाराहारीमा पुगेको छ । 

उद्योग व्यवसाय सञ्चालन गर्न चाहने व्यक्तिले  कम्पनी ऐन २०६३ अनुसार  प्राइभेट कम्पनी, पब्लिक कम्पनी, मुनाफा वित्तरण नगर्ने कम्पनीको रुपमा स्थापना गर्न सक्नेछ ।

यस्तै कम्पनी ऐन २०६३ को पहिलो संशोधन (२०७४) अनुसार  कुनै पनि कम्पनीले खारेजीमा जान चाहेमा कम्पनीका संस्थापकले कम्पनीको कारोबार शुरु गर्न नसकेको कारण देखाएर कम्पनीको दर्ता खारेजको लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिनुपर्नेछ ।  

कुनै पनि कम्पनी खारेजीमा जान चाहे सञ्चालक समितिबाट पारित भएर प्रक्रिया पुर्याएर आए सहजै खारेजीमा जान सक्ने व्यवस्था छ ।  निश्चित शुल्क लिएर त्यस्ता कम्पनीहरुलाई कम्पनी रजिष्टारको कार्यालयले खारेजीमा लैजाने छ । खारेजीमा जान सहज व्यवस्थाका कारण पनि पछिल्लो समय चल्न नसकेका कम्पनीहरु खारेजीमा गइरहेका छन् ।

कुन कम्पनी कहिले खारेजीमा परे ?

कम्पनी    खारेजी मिति
शनि मिडिया    ः भदौ १७ गते २०७५

अक्वा इनर्जी प्रालि    ः  २०७५।०५।०७

एभरेष्ट माउन्टेन हिल्स प्रोडक्ट प्रालि    ः ०७५।५।४

विराट टाइम्स एफएम प्रालि    ः ०७५।०५।३

रमाइलो मिडिया प्रालि    ः ०७५।०५।३

म्यागी गेष्ट हाउस प्रालि    ः २०७५।०५।०५

उद्घोष नेपाल प्रालि    ः ०७५।०४।६

गैरआवास कम्पनी प्रालि    ः ०७५।०५।३

फेटा नर्सिङ होम प्रालि    ः २०७५।४।०१

डबजोङ ट्राभल्स एण्ड टुर्स    ः ०७५।०५।३

माउन्टेन भ्याली वाटर प्रालि     ः ०७५।०४।२९

पाल्पा तानसेन रिसोर्ट प्रालि    ः ०७५।०४।२८

भवानी शंकर प्रोपर्टी प्रालि    ः २०७५।०४।२८

चाणक्य फाउन्डेसन प्रालि    ः २०७५।०४।२७

सुनकोशी भिलेज रिसोर्ट प्रालि     ः २०७५।०४।१०

होली बुद्ध टुरिजम प्रालि    ः २०७५।०४।२८

इको ह्याण्डिक्रापफ्ट प्रालि    ः ०७५।०४।२४

सुवान मनी ट्रान्सफर प्रालि    ः ०७५।०४।२४

एभरेष्ट टोबाको कम्पनी    ः २०७५।०४।०९ 

पायोनियर लेदर इन्डष्र्टी    ः २०७५।०४।२०

नेपाल हाइड एण्ड स्किन प्रोसेसिङ प्रालि    ः २०७५।०४।१७

भिल्ला रेष्टुरेन्ट एण्ड बार    ः २०७५।०४।१६

स्टडी ग्लोबल कन्सल्टेन्सी    ः २०७५।०४।१३

रामचन्द्र एजुकेसन कन्सल्टेन्सी    ः २०७५।०४।०२

ओमेगा होराइजन प्रालि    ः २०७५।०४।०९

पञ्चशिल कन्स्ट्रक्सन प्रालि    ः २०७५।०४।०२

प्राणनाथ हर्बल प्यालेस    ः २०७५।०४।०४

महाकाय इन्भेष्टमेन्ट प्रालि    ः २०७५।०४।०७

नेपा मण्डल इन्भेष्टमेन्ट प्रालि    ः २०७५।०४।०६


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप